जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ

परिबर्तन न्युज
१६ पुष २०८० बजे
परिबर्तन न्युज
१६ पुष २०८०

पौष १६ ,पोखरा

जापानको तटीय क्षेत्र नोतोमा आज ७.६ म्याग्निच्युडको भूकम्प गएको जापानी समाचार संस्था क्योदो जनाएको छ।भूकम्पबाट मानवीय क्षतिको अहिलेसम्म कुनै जानकारी भएको छैन। प्रधानमन्त्री फुमियो किसिदाले सुनामी आउन सक्ने क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्।

Advertisement:Ad
Advertisement:Ad

जापानी समाचार संस्था क्योदोका अनुसार मध्य टोकियोमा समेत घरहरू हल्लिएका थिए। जापानको मौसम विभागका अनुसार वजिमा बन्दरगाहमा १.२ मिटरसम्म सुनामी आएको छ।भूकम्पका कारण केही ठाउँमा आगलागीसमेत भएको छ भने केही क्षेत्रमा बिजुलीको लाइनसमेत अवरुद्ध भएको छ।

नोतोमा आज सम्मकै पहिलो पटक ७.६ म्याग्निच्युडको ठुलो  भूकम्य आएको बताएको छ । अधिकारीहरूले यामागाता, निगाता, तोयोमा, फुकुई, ह्योगो प्रिकेक्चरका तटीय क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन्। इसिकावा प्रिफेक्चरमा ३२ हजार भन्दा बढी घरमा यतिबेला बिजुली छैन।जापानमा ‘सिन्दो ७’ को भूकम्प पछिल्लो पटक सन् २०१८ मा होक्काइदोमा गएको थियो।

Advertisement:Ad
Advertisement:Ad

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज