Worldlink Communications

अबैधानिक रुपले नियुक्त प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्ने तयारी

काठमाडौं,श्रावण -१२

गठबन्धन सरकारका सरकार प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओलि सरकारले अबैधानिक रुपले नियुक्त गरेका प्रदेश प्रमुखहरु लाई बर्खास्त गर्ने तयारी गरिरहेको  बुझियको छ । जसमा गण्डकी , लुम्बिनी र प्रदेश न. २ का प्रदेश प्रमुखहरु पर्नुहुने सम्भावना देखिन्छ ।

गण्डकी प्रदेशका सीता पौडेल लुम्बिनीका धर्मनाथ यादव र प्रदेश -२ का राजेस अहिर लाई केपी ओलि सरकार ले ससद विघटन गरेको समयमा प्रदेश प्रमुखमा नियुक्त गरेका थिय । स्मरण रहोस के पी ओली सरकारले यी तीन वटै प्रदेश मा भै रहेका प्रदेश प्रमुख हरुलाइ बिनाकारण बर्खास्त गरेको हुनाले यी तीन वटै  प्रदेस प्रमुख हरुलाइ हटायर नियम र कानुन सम्मत तरिकाले  नया प्रदेस प्रमुख नियुक्ति गर्ने तयारी भयको बुझिन्छ ।सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: