असोज १२,पोखरा
पोखरा -१६, बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. धर्मदेव ढकालको बिदाइ गरिएको छ।
डा. धर्मदेव ढकालको विदाईपछि उहाँको स्थानमा नियुक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रूपमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रेखा पौडेल आउनुभएको छ भने नर्सिङ अधिकृत रुपमा नीमा हिताङ लाइ स्वागत गरिएको हो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर देवकोटाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममाको अध्यक्षता डा रेखा पौडेलले गर्नुभएको थियो भने अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सहभागी भएको सो कार्यक्रमलाई भव्य र सभ्य रूपले ले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हेमादेवी छन्त्यालले अस्पतालको सेवा तथा व्यवस्थापन सुधारमा डा. ढकालले पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो। चुनौतीपूर्ण अवस्थामा अस्पताललाई व्यवस्थित र सेवामुखी बनाउन उहाँको भूमिका महत्वपूर्ण रहेको डा. छन्त्यालले बताउनुभयो।
डा. ढकालले सहकर्मी, कर्मचारी तथा सेवाग्राहीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै संस्थाको हितमा निर्णय लिँदा कसैलाई असहज भएको भए क्षमा गर्न आग्रह गर्नुभयो। आगामी जिम्मेवारीमा पनि संस्थागत हितलाई प्राथमिकता दिने उहाँले बताउनुभयो।
डा. ढकाल प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, पोखरा–३०, मोहोरिया (लेखनाथ) को प्रमुखमा सरुवा हुनुभएको हो।
अध्यक्ष देवकोटाले विभिन्न चुनौती र सरोकारवालाको अपेक्षाबीच डा. ढकालले अस्पतालको सेवा प्रवाह सुधारमा योगदान पुर्याउनुभएको बताउनुभयो। उहाँले नयाँ नेतृत्वलाई सेवाको गुणस्तर र संस्थागत विकासमा ध्यान दिन आग्रह गर्नुभयो।
नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलले डा. ढकालले सुरु गर्नुभएका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै अस्पतालको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अस्पतालको विकासका लागि डा. ढकालको अनुभव र सुझाव उपयोग गर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा डा. ढकाललाई मायाको चिनो, सम्मानपत्र, खादा तथा मालासहित बिदाइ गरिएको थियो भने नवनियुक्त अधिकारीहरूलाई स्वागत गरिएको थियो।







प्रतिक्रिया