Top Header Ad 1

भोलि दिउसो एक बजे बस्नेगरि प्नितिनिधिसभा बैठक-स्थगित भएलगतै देउबा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

भोलि दिउसो एक बजे बस्नेगरि प्नितिनिधिसभा बैठक-स्थगित भएलगतै देउबा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

परिबर्तन न्युज
१२ फाल्गुन २०७८ बजे
परिबर्तन न्युज
१२ फाल्गुन २०७८

फागुन १२ ,काठमाडौं

आज एम सी सी प्रस्ताब माथि छलफल गर्ने भनि बसेको  प्नितिनिधिसभा बैठक स्थगित भएको छ ।कार्यव्यवस्था परामर्श समिति बैठक बसेको केहि समयमा नै सूचना टाँस गरेर स्थगित गरिएको हो ।संसद सचिवालयले प्रधानमन्त्रीको आग्रहमा लिभोलि एक बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

आज दिउँसो १ बजे बस्नेगरी  बोलाइएको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर कार्यव्यवस्था परामर्श समितिमा सहमति जुट्न नसकेपछि भोलि एक बजे सम्मको लागि स्थगीत गरिएको हो ।

संसद बैठक स्थगित भए लगत्तै नयाँ बानेश्वरस्थित संसद भवनमै देउवा र ओलीबीच छलफल एबम भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता एमसीसीमा सहमति जुटाउन  प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको साथ लिन ओलीसँगवार्ता  गरेको अनुमान गरिएको छ ।

स्मरणीय कुरा एमसीसीमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने भएपछि एमसीसी  जसरि पनि पारित गराउन प्रधानमन्त्रीले प्रतिपक्षी एमालेको साथखोज्नु भएको हो ।

-सबिन जि.सि

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज