Worldlink Communications

पर्यटकीय शहर पोखरालाई गिज्याउँदै काला तारका गुजुल्टाहरु समस्या चुनौती र सम्भावनाहरु नियाल्दै

असार ११पोखरा

पृष्ठभूमि

पोखरामा नगरपालिका विश्व मानचित्र बाट हेर्दा पनि स्वर्गको टुक्रा को अनुभूति दिने शहरको रुपमा परिचित भई आज नेपाल घुम्न जाने भनिरहँदा पोखरा घुम्न नपाउँदा आफ्नो गन्तव्य पुरा नभएको महसुस गर्ने स्वर्गको टुक्रा मा पुग्न नसकेको भावना सहित यात्रा दुःखद् भएको अनुभूति गराइदिने पोखरा घुम्नको लागि गन्तव्य स्वर्गको टुक्रा भएको महसुस गर्ने पर्यटकीय शहर गन्तव्यको सहर पोखरा जति सुन्दर देखिन्थ्यो अहिले त्यति सुन्दरता र आकर्षण हराउदै  गएको अनुभूति भइरहेको छ।

त्यसो त दुःखी हुने बेला भइहालेको त छैन तर पनि अब दुखी नभए कहिले हुने अनि पोखरा कुरुप हुँदा हामी दुखी नभए को हुने भन्ने विषयले पोखरेली हरु पिरोलिनु नै पर्ने  यस महत्वपूर्ण समयमा राम्रो विषयको उठान भएको छ । उठान गर्नुपर्ने विशेष अरु थुप्रै हुँदाहुँदै पनि छिनमै पानी पर्ने छिमेकी घाम लाग्ने स्वच्छ सुन्दर वातावरण माछापुछ्रे र फेवताल को मितेरी साइनोको पौडीबाज सगै रमाउने महेन्द्रगुफा को लुकामारी बिन्धीबासिनी मातको दर्शनले पायको आशीर्वाद ले  सराङकोटको सुर्योदयको झुल्कोले दिँएको रमाइलो अनुभूत गर्ने सात तालको शहर गुफाको संगम र पोखरेलीहरुको मिठो मुस्कानलाई गिज्याउदै पोखरा मा घुम्न आउने पर्यटकहरु हिउद्म  धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने बसपार्कको दर्दनाक ता कटेपछि देखिने साह्रै दुःख लाग्दो दिउसै नखाएनि खाम्ला झै गरेर बिधुतिय पोलमा एकोहोरो झुण्डिएका कालातारहरु गुजुल्टिएको  बाटोभरि रोडैभरि  जेलिएर बसेका काहालीलाग्दो दृश्यहरूले देश विदेशबाट आउने यात्रीहरूको मनमा आसालाग्दो यात्रालाइ केही दिन बस्ने मनशायलाइ लथालिङ्ग भताभङ्ग पारेर यात्रा छोट्याउने माध्यम बनेको छ ।

अझ सहज भन्नुपर्दा अत्यास पूर्ण यात्रा बनाएको छ। टाढाबाट आएका पर्यटकहरु कहि दिन बस्ने वातावरण बनाउन को लागि यस किसिमका उलझनहरु लाई हटाएर राम्रो पोखरा हाम्रो पोखरा घुम्न लायक पोखरा देख्न लायक पोखरा अनि सभ्य अनुशासित र फेरि पनि फर्की आउन मन लाग्ने पोखरा बनाउन हामी किन पछि परेका छौं यसलाई कसले किन रकेको अभावमा रोकिएको छ पत्ता लगाई अगाडि बढ्नुपर्ने टड्कारो आवश्यकता महसुस भइसक्यो अब पनि अब पनि ढिलो गर्नु भनेको आफ्नो बस्तीमा आगो लगाउनु जत्तिकै हुनेछ।

यस्ता विषयहरुमा सबै मिलेर हातेमालो गरेर यस किसिमको अव्यवस्थित रुपमा छरपष्ट भएका  केबल तार हरुलाई व्यवस्थित बनाए राम्रो पोखरा हाम्रो पोखरा बनाउन एकजुट भएर काम गर्दा सफल भइनेछ भन्ने विश्वास लिएको र जिम्मेवारी निकायहरु पनि उत्तिकै जिम्मेवारी भई काम गरेमा यो समस्या ठूलो हुने छैन भन्दै हातेमालो गर्दै अगाडी बढेमा सुन्दर सफा हराभरा पोखरा बनाउन सकिन्छ।

* अव्यवस्थित गुजुल्टिएका तार हरुबाटबाट सिर्जित समस्या हरु

~ हेर्दा पर्यटकीय शहर कुरुप देखिने उराठलाग्दो देखिने ।

~ यात्रा जोखिम हुने बाटोमा हरेक समय खतरा को घण्टि सोचेर हिड्न  पर्ने।

~ थाहै नपाई अनाहकमा मृत्युवरण गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हने।

~ प्राकृतिक सौन्दर्यका प्रतिमूर्ति माछापुच्छ्रे हिमाल,ओरिपरि देखिने डाँडाकाँडा ,दृश्यावलोकन मा झन्झट देखापर्ने जस्ले गर्दा इरेटेड भइने।

~ बिदेशी तथा स्वदेशी पाहुना को यात्रामा कमि आउने कुरालाई महत्व दिनुपर्छ।

* चुनौतीहरु

पोखरामा नगरपालिका कालो तारले भर्ने काम करिब ३०/३५ वटा केबुल नेटवर्क, एनसेल, विद्युत्त लगायतका सस्थाहरु बिचच को एकआपसको अटेरी पन्नै प्रमुख चुनौतीहरु हुन् ।

*समस्या समाधानका उपायहरु

~कालो तार वितरण गर्ने करिब ३०/३५ वटा सेवाप्रदायक कम्पनी हरुको पहिचान गरी  यस विषयको राम्रो व्यवस्थापन सहितको विषयमा नगरपालिकाको नेतृत्वमा बैठक आह्वान गर्ने।

~एकपटक प्रयोग भएका तारहरु प्रयोगकर्ताले छाडी सकेमा अथवा छाडेको कुरा जानकारीमा आएमा तुरुन्तै सम्बन्धित सेवा प्रदायक कम्पनीले अव्यवस्थित गुजुल्टिएको तार हटाउनु पर्ने नियम लागु गर्न ु पर्छ।

~इमान्दारिताका साथ तार टास्न दिने विद्युत कार्यालयलाई अन्य सेवा प्रदायक कम्पनी हरुले तार टासे अनुसार सर्त अनुसार पाय नायकको भन्ने बिचको दुरी कति  हो प्रष्ट भई व्यवहारमा उतार्ने कुरामा सबैमा एकरुपता हुनुपर्छ र ल्याउनु पनि पर्छ।

~सबैले पोखरालाई पर्यटकीय शहर स्मार्ट सहरमा बनाउने हो हुने भावनाले काम गर्न पर्छ यस विषयमा महानगरको महत्वपूर्ण भूमिका रहन्छ र रहनु पनि पर्छ अनिमात्र पोखरालाई ताररहित बनाउन सकिन्छ ।

~ सबै सेवापदायक ् कम्पनीहरुसँग सरसल्लाह गरि अगाडि बढीमा समस्या समाधान हुने विश्वास गरिन्छ त्यो  इच्छाशक्ति सबै मा उजा गर गराउन महानगरपालिका को महत्वपूर्ण भुमिका हुन्छ ।

* निष्कर्ष

परिवर्तन न्युज डट कम लाइ यही विषयलाई लिएर सेवा प्रदायक कम्पनी प्रदेशका प्रमुख युसु श्रेष्ठ सँग गरिएको कुराकानीको आधारमा उहाँले हामी यो ताललाई व्यवस्थित बनाउन तयार छौं कस्ले त्यसको नेतृत्व गर्छ हामी मान्न तयार छन् हामीलाई पनि हाम्रो शहरहरु निकै हैन राम्रो लागेको छ राम्रो बनाउनको लागि कुनै पनि नराम्रो बिचार हामीसँग छैन भन्नुभयो।

त्यस्तैगरी अर्को सेवाप्रदायक कम्पनी दूरसञ्चार कम्पनी रानिपौवा का कार्यलय प्रमुख रवि मानन्धर सँग गरेको कुराकानीको आधारमा उहाँ भन्नुहुन्छ सजिलैसँग ३०/३५ वटा सेवा प्रदायक संस्था हरुको को उत्तिकै महत्वपूर्ण भूमिका हुनुपर्छ भन्नुभयो यदि सरकारले तार रहित सहर बनाउने यस्तो विशेष प्याकेज ल्याएको खण्डमा हामी  सहयोग  गर्न तयार र्छौं भन्नुभयो।

यस्तैगरी हामीले विद्युत प्राधिकरण कार्यालय मासबार का प्रमुख ऋषिकुमार बरनवाल सँग को कुराकानि मा तपाईहरु को बिधुतिय पोल लाइ माध्यम बनाएर ३०/३५ वटा सेवा प्रदायक कम्पनी हरुले केबुल‌ तार लगेको देखिन्छ ति कम्पनी हरुबाट कति पैसा लिनुभएको छ भन्ने बिषय मा करिब हामीले अहिले ४/५ वर्ष भयो कुनै पनि कम्पनी बाट पोलको भाडा लिएका छैनाै उनीहरुले जबरजस्ती हाम्रो उनिहरु पोलमा  तार टाँसेर जान्छन् यहाँ जसले जे गर्दा जे गरेपनि हुन्छ भन्दै दुई वर्षअगाडि केबल तार कै कारणले सभागृह चोक मा एक जनाको मृत्यु भयो अर्को  मासबारमा केबल तार कै कारणले एकजना शिक्षक धन्न धन्न बाँच्नु  भयो । यि प्रतिनिधिमूलक घटना हरु कुन सेवा प्रदायक कम्पनीको तारले गर्दा भएको हो  भन्ने पत्ता लगाउन नसकेपछि कसैले पनि जिम्मा नलिएको अवस्था दुखाई देखिन्छ तसर्थ आगामी दिनमा यस्ता प्रतिनिधि घटनाहरु गर्दा जिम्मा लिनसक्ने बन्नुपर्छ यसकोलागि नेपाल विद्युत प्राधिकरण जुनसुकै काममा पनि सहकार्य गरेर मिलेर जाने भूमिकामा टाढा रहने छैन भन्नुभयो।

अन्तमा पोखरा लाइ कुरुप बनाउने धेरै कारक तत्त्वहरूमध्ये खुला तार पनि प्रमुख भएको कुरालाई सबै सबै पक्षले आत्मसात गरेको बिषय हामिले प्रतिनिधिमूलक हिसाबले केही सेवा प्रदायक कम्पनी संस्थाहरुका प्रमुखहरुसँग गरिएको कुराकानीको सारांश बाट बुझ्न सकिन्छ यसैलाइ मध्यनजर गर्दै एउटा जिम्मेवार निकायको जिम्मेवार व्यक्ति को अध्यक्षता मा पोखरा महानगर पालिकालाई ताररहित बनाउनकोलागि विशेष शक्तिशाली भूमिका सहितको  समिति निर्माण गरी पोखरा लाइ हाम्रो पोखरा राम्रो पोखरा को भाबना बिकास गर्दै हेर्नलायक पोखरा देख्न लायक पोखरा बनाइ  यसको मुहारफेरि सुन्दर पोखरा को रुपमा विकास गर्नको लागि सबै एकजुट भएर पोखरा राम्रो बनाइ आगामी दिनमा पोखराका पोखरेलीहरु हरुले देश विदेशबाट आउने पर्यटकहरुलाई पोखरामा जति दिन बसे नि अघउन सकिएन बन्ने वातावरण सिर्जना गर्ने तरिका को भव्य र सभ्य हेर्नलायक पोखरा सुन्दर पोखरा हराभरा पोखरा बनाउने जिम्मा हामी सबैको हो संकल्प गरौं  इच्छाशक्ति जुटाउ सुन्दर पोखरा बनाउनको लागि तार रहित पोखरा अवस्य बन्छ ।

धन्यवाद

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: