Worldlink Communications

नेकपा एमाले कास्किको प्रतिनिधिमण्डलद्वारा अध्यक्ष ओलिसङ्ग काठमाडौं मा भेटघाट

पुष ५,काठमाडौ

आज ने क पा (एमाले ) कास्किको प्रतिनिधिमण्डलले सो पार्टिका अध्यक्ष के पि शर्मा ओलिसङ्ग काठमाडौ मा सयुक्त रूपमा भेटघाट गरेको छ।

कास्कीबाट नबनिर्बाचित प्रतिनिधि सभा र गण्डकी प्रदेश सभाका सदस्यहरु सहित काठमाडौ पुगेको सो प्रतिनिधि मण्डलले उक्त अबसरमा बधाई एवं शुभकामना आदान प्रदान गरेको सो पार्टिका निर्बाचन परिचालन कमिटिका संयोजक तेज नारायण अधिकारीले हमिलाइ जानकारी दिनुभयो ।

देशी विदेशी प्रतिक्रियावादीहरुको चौतर्फी घेराबन्दी र राज्यसत्ताको चरम दुरुपयोग एवं सत्ता गठबन्धनको अनेकौं तिकडमका विच कास्की जिल्लाबाट तिनैवटा प्रतिनिधि सभा सदस्य र छ वटा मध्ये चारवटा प्रदेशसभा सदस्य विजय हासिल गरेको साथै समानुपातिकमा लोकप्रिय मत प्राप्त गरी पहिलो पार्टी हुन सफल भएको अध्यक्ष ओलिलाइ जानकारी गराएको अधिकारीले बताए । सो अबसरमा देशभरमा प्रतिनिधि सभा सदस्यमा अत्याधिक मतान्तरमा विजयी हुन सफल हुनुभएका पुर्व प्रधानमन्त्री एबम पार्टी अध्यक्ष लाई कास्की जिल्लाको तर्फबाट हार्दिक बधाई एवं शुभकामना दिनुको साथै देशलाई सहि मार्गमा हिडाउन अध्यक्ष कमरेडको महत्वपूर्ण भूमिका आज पनि देश र जनताको लागि अति आवश्यक रहेको कुरा प्रतिनिधिमण्डलले जानकारी गराएको बताउनु भएको थियो । सोहि अबसर मा अध्यक्ष ओलिले कास्की जिल्लाका नेता तथा कार्यकर्ता एवं मतदाता लगायत निर्वाचनमा योगदान पुर्याउनु हुने सम्पूर्ण लाई हार्दिक बधाई सहित धन्यवाद एवं आभार व्यक्त गर्नु भएको पनि जानकारी गराउनु भएको थियो ।

भेटघाट कार्यक्रममा स्थायी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख तथा प्रदेश सभा सदस्य खगराज अधिकारी, केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापा, केन्द्रिय सदस्य तथा कास्की सह इन्चार्ज समेत रहेकी प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य भिम कार्की ,केन्द्रिय सदस्य तथा कास्की सह इन्चार्ज समेत रहेनु भएको पोखरा महानगरपालिका उपमेयर मन्जु गुरुङ, केन्द्रिय सल्लाहकार परिषद सदस्य एबम प्रदेश सभा सदस्य गणेशमान गुरुङ, जिल्ला अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य मन बहादुर गुरुङ, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ, कास्की जिल्लाका कार्यबाहक अध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक तेजनारायण अधिकारी, जिल्ला सचिब बैन बहादुर अधिकारी क्षेत्री, कास्कीका उपसचिव नवराज ओझा , आर्थिक विभाग प्रमुख चिरन्जीवी पोखरेल लगायतका निर्वाचित प्रतिनिधि सभा एव प्रदेश सभा सदस्यहरुको उपस्थित रहेको बताउनु भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: