Worldlink Communications

गण्डकी प्रदेशको अध्यक्षमा कास्की जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेल निर्विरोध चयन

पौष २४, पोखरा

पोखरामा भएको जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषदले ७ बुँदे पोखरा घोषणा पत्र जारी गर्दै सम्पन्न गरेको छ ।

दलिय भागवण्डा अनुसार समिति निर्माण गर्दै सम्पन्न गरिएको केन्द्रीय समितिमा नेपाली काङग्रेसलाई अध्यक्ष, नेकपा एमाले लाई महासचिव, नेकपा माओवादी केन्द्रलाई उपाध्यक्ष, एकिकृत समाजवादी पार्टीलाई उप महासचिवमा र जनता समाजवादी पार्टीलाई कोषाध्यक्षको पद बाडिँएको छ ।

जस अनुसार चौथो राष्ट्रिय परिषदले राजन मेहताको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । समन्वय समिति महासंघको महासचिवमा नेकपा एमालेका अशोक कुमार घिमिरे सर्वसम्मत चयन हुनुभएको छ। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका लुम्बीनी गौतम,उप महासचिवमा दिपक कुमार गौतम र कोषाध्यक्षमा सन बहादुर राई चयन हुनुभएको छ ।

गण्डकी प्रदेशको अध्यक्षमा कास्की जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेल निर्विरोध चयन भएको छ। दलीय भागवण्डा गरेर टुंग्याइएको समितिमा नेकपा माओवादी केन्द्रका सोमबहादुर जिसी, सचिवमा नेपाली कांग्रेसका सरस्वती बगाले, उपसचिवमा एमालेका खड्काराज बगाले चयन भएको छ।

भागवण्डा अनुसार एमालेले अध्यक्ष र उपसचिवसहित ८ सदस्य, नेपाली कांग्रेसले सचिवसहित ४ सदस्य, माओवादीले उपाध्यक्ष र राप्रपाले कोषाध्यक्षसहित २ सदस्य रहनु हुने भएको छ ।

जस अनुसार गण्डकी प्रदेशको अध्यक्षमा कास्की जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेल निर्विरोध चयन भएको छ। दलीय भागवण्डा गरेर टुंग्याइएको समितिमा नेकपा माओवादी केन्द्रका सोमबहादुर जिसी, सचिवमा नेपाली कांग्रेसका सरस्वती बगाले, उपसचिवमा एमालेका खड्काराज बगाले चयन भएको छ।कोषाध्यक्ष पाएको राप्रपाले नाम नपठाउनु भएको ले अहिलेलाई सो पदहरु खाली छन ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: