Worldlink Communications

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल बहादुर शाह नियुक्त

माघ२६,काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश प्रमुख देवराज जोशीलाई राजिनामा पत्र बुझाउनु भए पछि सुदूर पश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएको छ । बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उहालाई मुख्य मन्त्रीमा नियुक्त गर्नु भएको छ ।

आज बिहीवार साँझ बसेको प्रदेशसभा बैठकमा मुख्‍यमन्त्री रावलले प्रदेशसभासमक्ष विश्वासको मत माग्दै प्रस्ताव पेश गर्नु भएको थियो प्रस्ताव पेश गर्दा बहुमतले अस्वीकृत भएको निर्णय सभामुखले सुनाउनु भएको थियो ।

राजेन्द्र सिंह रावल एकमहिनाअघि सत्ता गठबन्धन दलहरूको समर्थनमा मुख्‍यमन्त्री नियुक्त भएको थियो । मुख्‍यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था भए अनुसार मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

नेपालको संविधान अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बन्ने प्रावधान भएको हुनाले कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाहलाई बिहीबार प्रदेश प्रमुख देवराज जोशीले मुख्य मन्त्रीमा नियुक्त गर्नु भएको हो।

त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका १०, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपा का एक र स्वतन्त्र को एक सदस्य  हुनुहुन्छ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो।

मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहले भोलि पद तथा गोपि नीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: