Top Header Ad 1

गणतन्त्र र संविधानलाई स्विकार नगर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाई मा कुनै तुक छैन : देब गुरुङ

गणतन्त्र र संविधानलाई स्विकार नगर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाई मा कुनै तुक छैन : देब गुरुङ

परिबर्तन न्युज
७ फाल्गुन २०७९ बजे
परिबर्तन न्युज
७ फाल्गुन २०७९

फागुन ७, पोखरा

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गणतन्त्र र संविधान लाई स्विकार नगर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाई मा कुनै तुक नभएको बताउनुभयो।

आज प्रेस सेन्टर कास्की ले आईतबार नेकपा माओवादीको पार्टी कार्यालयको  सभाहल सिबालयचोक पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले गणतन्त्र र संविधानलाई स्विकार नगर्ने पूर्व राजा ज्ञानेन्द्रको लिखित वा मौखिक भनाइ को कुनै अर्थ र तुक नभएको बताउनुभयो ।

पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि दलहरु र राजसंस्थाबीच मिले र जानुपर्ने बताउनुभयको विषय पत्रकारहरुले उठाएको बिषय लाइ सम्बोधन गर्दै पुर्ब राजा ज्ञानेन्द्र शाहले देशमा भएको परिवर्तनलाई स्विकार नगरेको गणतन्त्र र संविधानलाइ स्विकार नगरेको हुनाले पूर्व राजा ज्ञानेन्द्रसँग कुनै पनि किसिमको सहकार्य सम्भव छैन भन्नुभयो ।

सहकार्यका लागि समान धारणा हुनपर्छ  पार्टीहरु र राज संस्थाबीच त्यस्तो समान धारणा पनि नभएको बताउनुभयो । सहकार्यका लागि प्रजातन्त्र को रक्षा, संविधानको रक्षाका लागि सहकार्य हुनु पर्छ भन्नु भयो अहिलेको संविधानलाई, गणतन्त्रलाई, परिवर्तनलाई स्विकार गर्नु पर्छ  उहाँ त प्रजातन्त्र लाई निषेध गर्न खोज्ने राष्ट्रियताको मात्रै कुरा गर्नु भनेको त कोरा राष्ट्रवाद हो कोरा राष्ट्रवादले नेपालको रक्षा हुँदैन भन्ने बिषय हामिले हिजो देखि नै भन्दै आएको विषय हो भन्नुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै