Worldlink Communications

मिसन ग्रास रूट : कास्की , माछापुच्छ्रे गाउँ पालिका वडा नम्बर ६ मा वडा कमिटीको पूर्ण बैठक 

चैत्र ३,कास्की माछापुच्छ्रे

मिसन ग्रास रूट अभियान -२०७९ अन्तर्गत कास्की , माछापुच्छ्रे गाउँ पालिका वडा नम्बर ६ कमिटीको बैठक कमिटीको पूर्ण बैठक अध्यक्ष रुद्र बहादुर क्षेत्रीको अध्यक्षता सम्पन्न भएको छ ।

बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा अभियान को पालिका प्रतिनिधि कमरेड कल्पना चापागाईंले यस अभियानले जनतासङ्ग साक्षात्कार हुदै बलियो एमाले निर्माणको लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य देवी सुवेदी,पार्टी प्रदेश कमिटीका कार्यालय सचिब माधव वास्तोला,प्रदेश कमिटी सचिबालय सदस्य दिपक पौडेल , प्रदेश सचिबालय सदस्य जगन्नाथ वास्तोला, प्रदेश कमिटी सदस्य सम गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नु भएको पार्टी प्रदेश प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्: