Worldlink Communications

पोखरा- ३३ मा मिसन ग्रासरुट लामगादिमा टोल कमिटी अभिमुखिकरण कार्यक्रम

चैत्र १५ ,पोखरा

ने क पा ( एमाले ) पोखरा महानगर पालिका वडा न ३३ लाम गादिमा मा मिसन ग्रासरुट अन्तर्गत टोल कमिटी अभिमुखीकरण बैठक सम्पन्न भएको छ ।

ने क पा एमाले गण्डकी प्रदेश कमिटी उप सचिब रश्मि आचार्यको प्रमुख उपस्थितिमा सम्पन्न बैठकमा अभियान अन्तर्गत विभिन्न योजनाहरू निर्माण भएका छ्न।

एमाले प्रदेश कमिटी सचिबालय सदस्य टिकाराम पगेनि ,प्रदेश कमिटी सल्लाहकार यज्ञ प्रसाद अधिकारी ,जिल्ला कमिटी सदस्य कुल बहादुर रानाभाट ,पार्टीका प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्साल , ,वडाकमिटी अध्यक्ष दिपकराज लामिछाने सहितका टोल तथा वडा कमिटी का नेता कार्यकताहरूको उपस्थिति रहेको सो वडा कमिटीका कार्यबाहक सचिव रमेशराज आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रम टोल कमिटीका अध्यक्ष कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन खेमराज पौडेलले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: