Worldlink Communications

नयाँ राजनीतिक समिकरण सँगै गण्डकी प्रदेशमा नयाँ सरकार बन्दै

बैशाख ९ पोखरा

गण्डकी प्रदेश सरकार का मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मतपाउन नसकेपछि सरकार बाट बाहिरिन पुगेको छ ।

प्रदेश सभामा उहाँको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा २४ मत र हुन्न भन्ने पक्षमा ३५ मत परेको थियो।अधिकारीले संसदमा विश्वासको मत नपाए संगै नयाँ सरकार बन्न मार्ग प्रशस्त भएको छ।

अधिकारी को पक्षमा नेकपा एमालेको २२ र राप्रपा का २ जना गरेर २४ मत पाउनुभएको थियो । बिपक्षमा माओवादी केन्द्रका  ७ मत नेपाली कांग्रेसका २७ मत र मनाङबाट स्वतन्त्र चुनाव जितेर हाल एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको राजीव गुरुङ दीपक मनाङे को १ मत सहित ३५ मत विपक्षमा परेको थियो ।

स्मरण रहोस् नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा पुस २५ गते नेकपा एमालेका खगराज अधिकारीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो।

केन्द्रीय राजनीतिमा तालमेल नमिल्दा अधिकारीको मन्त्री मण्डल संसदमा अल्पमतमा परेपछि नयाँ सरकार बन्ने भएको छ । गण्डकी प्रदेशमा ६० जना ससद भएको हुनाले बहुमतको लागि ३१ मत ल्याउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: