Worldlink Communications

पोखरा १९ पात्ले यूवा क्लब द्वारा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

वैशाख ९, पोखरा

पोखरा महानगरपालिका वडा न.१९ को सहयोग र पात्ले युवा क्लव को आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

नवबर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम पोखरा महानगरपालिका वडा न. १९ पात्लेमा रहेको पात्ले युवा क्लबका अध्यक्ष कमलप्रसाद गौतमको अध्यक्षता भएको थियो । कार्यक्रमको प्रमुख अथिति वडाध्यक्ष पुष्पेन्द्र पाण्डे हुन्थ्यो। विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोकाय हुनुहुन्थ्यो ।

अतिथिहरुमा जनप्रतिनिधि बिकास आचार्य, दुर्गा बस्नेत हुनुहुन्थ्यो सल्लाहकार विकास गौतम लगायत विभिन्न क्लबका अध्यक्षहरु, आमा समूहका अध्यक्षहरु ,राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका  प्रधानाध्यापक, शिक्षक विद्यार्थीहरु, भजन समूहहरु र किशोर किशोरीहरूको सभ्य र  भव्य उपस्थितिमा भएको सो कार्यक्रम सस्थाका सचिबले सन्चालन गर्नुभएको थियो।

प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले लागुऔषध दुर्व्यसन बाट पोखरा महानगरपालिका वडा नम्बर १९ धेरै नै आक्रान्त भएको बताउनु भएको थियो। भने सबैले यस विषयमा सबैभन्दा बढी पारिवारिक रूपले नै जिम्मेवारी बन्दै आफ्ना छोराछोरीहरु प्रति चासो देखाउनु पर्ने बताउनुभयो। सबैगल्तीहरु अरुकै छोराछोरीले गर्छन् आफ्ना छोराछोरीहरुले त गल्ति नै गर्दैनन् भन्ने  भ्रम र प्रवृत्ति बाट अभिभावकहरु पनि बच्नुपर्ने अर्थात् मुक्त हुनुपर्ने  बताउनुभएको थियो ।

सल्लाहकारहरूको प्रतिनिधित्व गर्दै संस्थाका सल्लाहकार विकास गौतमले यूवाहरु चाहेर होस या नचाहेर होस् राजनैतिक रुपमा सचेत बन्नैपर्छ चाहे आर्थिकरुपमा ईमान्दार र स्वावलम्बी भई हरेक समस्यासँग जुध्ने सामर्थ्य राख्दै आफुलाइ जिम्मेवारी बनाउँदै बिस्तारै देश बनाउने जिम्मेवारी बोध गराउदै अगाडि बढ्नु पर्छ भन्नुभयो कसैलाइ पनि बिग्रिने छुट छैन भन्नुभयो।

जनप्रतिनिधिहरुको तर्फबाट विकास आचार्यले समाजमा युवाहरू को महत्वपूर्ण भूमिका र योगदान हुने भएको हुनाले यूवाहरुले नै देश बनाउने त्यसैले नयाँ सिर्जनात्मक र उत्पादन सिल काममा लाग्नुपर्ने बताउनु भयो। अबका युवाहरु मापसेमा परेदाइ भाइ छुटाउनु प-यो भन्नु  भन्दापनि जिबन जिउन को लागि आवश्यक पर्ने सहयोग माग्न सक्ने युवा हुनुपर्छ भन्ने बिषय मा जोड दिनुभयो ।

बिशिष्ट अतिथि होत बहादुर रोकायले उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरूको चित्त बुझ्नेगरी लागुऔषध दुर्व्यसनिमा कसरी परिन्छ यस बाट आफ्ना छोराछोरीहरुलाइ जोगाउन अभिभावक को भुमिका के हुन्छ, अभिभावक कति बेला आफ्ना सन्तान प्रति उत्तरदायी हुनु पर्छ भन्ने जस्ता बिषमा प्रशिक्षण गर्नुभएको थियो। र अन्त्यमा कुनैपनि बाहनामा कसैलाई पनि   कानून को अनभिज्ञता स्विकारी हुने छैन  भन्दै प्रशिक्षण दिनुभएको थियो।

https://fb.watch/k8NmlLc1YN/?mibextid=Nif5oz

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: