Worldlink Communications

गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डेको गठबन्धन सरकारको पूर्णतामा सहमति जुटेको छ

बैशाख २६, पोखरा

सुरेन्द्रराज पाण्डेको गठबन्धन सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धन को प्रमुख सत्ताधारी नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री सहित चार, नेकपा  माओवादी केन्द्र को तर्फबाट दुई र नेकपा एकीकृत समाजवादी को तर्फबाट एक मन्त्रालाय पाउने पक्का पक्की भएको छ ।

कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय नटुङ्गिएको हुनाले केहि दिनमा नै मुख्यमन्त्रीले सरकारलाई पूर्णता दिनुहुने थाहा भएको छ। प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका ७ (सभामुखबाहेक), नेकपा समाजबादी का १ प्रदेशसभा सदस्य हुनुहुन्छ।

नेकपा माओवादीका नेता हरिबहादुर चुमानले आफूहरुले तीन मन्त्रालयमा दाबी गर्दै आए पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताउनुभयो । कांग्रेस र माओवादी केन्द्रबीच सहमति भइसकेको छ भने नेकपा एसको विषयमा मुख्यमन्त्रीले नै मिलाउने भन्ने सहमति भएको बताउनुभयो ।

पु्र्ब मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा पनि माओवादीले दुई मन्त्रालय पाएको थियो । सोही सरकारले १२ मन्त्रालय घटाएर सातमा पुर्याएकोले नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाइ मन्त्रालय बाचन सकस परेको छ।त्यसो त  मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाइसकेका मुख्यमन्त्री ले गत २१ गते प्रदेश सभाबाट विश्वासको  लिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: