Worldlink Communications

नक्कलीभुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ

बैशाख ३१, काठमाडौँ

भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका टोप बहादुर रायमाझी आज आइतबार  बुढा नीलकण्ठबाट पक्राउ पर्नु भएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा उहाका छोरा सन्दीपलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए।

पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि यहि बिषय मा पक्राउ परिसक्नु भएको छ। प्रहरीले वैशाख २७ गते खाण र उनका सहयोगी नरेन्द्र केसी लाई खाणको निवासबाट पक्राउ गरेको छ भने  भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अदालत ले अनुमति दिएको छ।

काठमाडौं वकिल कार्यालयले ४ दिन हिरासतमा राख्न माग गरे अनुसार नै शनिबारदेखि लागू हुनेगरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतले सूचना टाँस गरेर जानकारी दिएको छ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाण, उनका पिए केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसक्नुभएको छ।

स्मरण रहोस्  प्रहरीले फरारको सूचीमा राखेका टोपबहादुर रायमाझी आइतबार पक्राउ परे भने इन्द्रजितका छोरा निरज र रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा अझै पक्राउ नपर्नु लाइ सङ्का को दृष्टिकोणले सरकारी वकिलले प्रतिवेदन अध्ययन गरी अदालतमा मुद्दा दर्ता गर्नुपर्ने व्यवस्था  छ।

प्रतिक्रिया दिनुहोस्: