Worldlink Communications

आममाफी दिने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट

जेठ १६, काठमाडौं

२०७२ भदौ महिनामा कैलालीको टीकापुरमा हिंसात्मक घटना घटाएको भनि रेशम चौधरीलाई दोषी बनाइ तिनै तहको अदालतले जन्म कैद फैसला गरेको भए पनि अहिले रेशम चौधरीलाई आम माफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहरा की पत्नी शारदा बोहराले रेशम चौधरीलाई सरकारले आममाफी दिने भनेको निर्णय आफुलाई मान्य नभएको भन्दै त्यसको विरुद्ध दुई दिनअघि सो रिट पेश गरेको भए पनि आज मंगलबार मात्र दर्ता भएको थियो।

राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्को कार्यालय ,गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाई रिट दायर गर्नुभएको हो। रिट माथि भोलि बुधबार को लागि पेशी तोकिएको छ। बर्बरतापूर्ण र क्रुरतापूर्ण भएको हत्याको घटनालाई  सामान्य सम्झी सरकारले आममाफी दिनु  जघन्य गलत भएको उहाँको जिकिर छ।

 

 

प्रतिक्रिया दिनुहोस्: