Worldlink Communications

पोखराको पृथ्वीचोकमा नेकपा एस को भ्रष्टाचार विरोधी गर्जन

जेठ १७, पोखरा
हिजो मंगलबार  पोखराको पृथ्वीचोकमा नेकपा एस को जन सांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य बाँस्तालासहितका सर्जक र राजनीतिकर्मीले एकै मञ्चबाट  भ्रष्टाचार विरोधी गर्जन गर्जेका हुन् ।
नेकपा एस को जन सांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एबम सर्जक नारायण बाँस्तोलाले  “हिँड्नै पर्छ माथि र तल चिन्नै पर्छ सुन हो कि पित्तल खेद्नुपर्छ भ्रष्टलाई पाल्नेलाई देशको इज्जत स्वाभिमान फाल्नेलाई….”भ्रष्टाचारविरोधी सिर्जना सुनाउनुभएका उहाँले अझै अघि थप्नुभयो– ‘हाँकौ अब बनेर एकैमन भ्रष्टाचारविरोधी आन्दोलन मेचीकाली उर्लेर आइदेऊ भ्रष्टाचारी सबैलाई बगाइदेऊ…’ भन्दै जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य नारायण बाँस्तोलाले  भ्रष्टाचारविरुद्ध आफूलाई उभ्याएका थिए ।
कास्कीस्थित नेकपा (एकीकृत समाजवादी)को मोर्चा जन सांस्कृतिक महासङ्घको आयोजनामा सुरु गरिएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा जनसांस्कृतिक महासङ्घ, कास्कीका अध्यक्ष राजेन्द्र पोखरेलले सबै खाले भ्रष्टाचारका फाइल खोल्न गीतमार्फत सरकारलाई आग्रह गर्नुभएको थियो  । ‘हेर्नुहोस् त भ्रष्टाचार व्याप्त हुन्न कारबाहीको कानुन छ पर्याप्त लौलौ सरकार बोल वाइडबडी, यती, ओम्नीका सबै फाइल खोल…’जस्ता  सुशासनका पक्षमा र भ्रष्टाचारको विरुद्धमा सर्जकले गीत र कविता सुनाएका थिए ।
भ्रष्टाचार विरोध प्रदर्शनपछि पृथ्वीचोकमा भएको कोणसभामा नेकपा (एस) कास्कीका महिला विभाग प्रमुख शर्मिला पौडेलले आफ्नो पार्टी भ्रष्टाचार र बेथितिका विरुद्ध सङ्घर्षमा आउनु परेको बताउनु भयको थियो । नेकपा एस  भ्रष्टाचारीलाई प्रश्रय दिने पार्टी होइन, यदि हाम्रा कोही नेता भ्रष्टाचारमा मुछिएका छन् भने हामीले नै कारबारी गर्छौँ, प्रहरीमा लगेर बुझाउँछौँ , हामी कसैका एसम्यान होइनौँ, हिजो पनि गलतलाइ गलतै हो भनेर  विद्रोह गरेर आएका हौँ  भन्नुभएको थियो ।
अनेरास्ववियू गण्डकी प्रदेशका अध्यक्ष ठाकुर पराजुलीले अहिलेको सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबै को साथ रहेको बताउनुभयो । जुनसुकै तहको नेता भए पनि भ्रष्टाचारका मुद्दामा नाम जोडिएका लाइ अनुसन्धान र कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्नुभएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई सरकारले कसरी निरुपण गर्छ भनेर सबैले पर्ख र हेरको अबस्थामा रहेको अध्यक्ष पराजुलीले बताउनुभयो । “प्रधानमन्त्रीज्यू भ्रष्टाचारका मुद्दाको छानबिन र अनुसन्धानमा निर्मम भएर लाग्नुस्, तपाईँलाई सिङ्गै देश र जनताको साथ रहन्छ”, भन्नुभएको थियो  ।
प्रतिक्रिया दिनुहोस्: