Worldlink Communications

आगामी चुनावमा एमालेलाई बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्ने घोषणा: विष्ट

साउन ७, पोखरा

नेकपा एमालेका सचिव एवम गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण विष्टले २०८४ को चुनावमा एमालेलाई बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्ने घोषणा गर्नुभएको छ।

“दक्षिणपन्थी अवसरवाद र संगठानात्मक अराजकता लाई परास्त गरौ जबजको मार्गदर्शन मा समाजवादको आधार निर्माण गरौं” भन्ने नाराका साथ ४५ औं पुष्पलाल स्मृति दिवस को अवसरमा आज पोखरा मा आयोजित नेपाली कम्यूनिष्ट आन्दोलनमा पुष्पलालको योगदान विषयक प्रवचन कार्यक्रम महासचिव गोकर्ण विष्ट लेअब एमालेलाई जुरुक्कै उठाउने गरि कार्यक्षेत्रमा एवम् जनताको घर घर मा गएर जानुपर्ने बताउनुभएको छ।

नेकपा एमाले कास्कीको आयोजनामा पार्टी कार्यालयको सभाहलमा भएको कार्यक्रममा ‘नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान’बिषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बिष्टले विगतमा पार्टीले गरेको विकासका कामसंगै आफ्ना योजना र विकास निर्माणका खाका जनतालाई मसिनोगरि बुझाउन सबै तहका नेताहरु लाई आग्रह गर्नुभएको छ ।

त्यस्तैगरी कार्यक्रममा नेकपा एमाले का स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदान र विचारको मसिनो गरि बुझाउनु भएको थियो। खगराज अधिकारीले पुस्पलाल लाइ सम्झदै नेपाली राजनितीको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको बताउदै भोलि पनि नेतृत्व एमालेले नै गर्ने दाबि गर्नुभएको छ।

नेकपा एमाले कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले विकास र समृद्धिको खाका निर्माणको लागि पुष्पलालको योगदान अहिले पनि उत्तिकै अजरअम्मर रहेको बताउनुभएको छ ।

नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा भएको सो प्रवचन कार्यक्रममा स्वागत उपाध्यक्ष तेजनारायण अधिकारी र सञ्चालन सचिव बैन बहादुर अधिकारीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: