Worldlink Communications

आगामी ८४ को चुनाव सम्ममा एमालेलाई एकताका साथ अगाडि बढाउने 

साउन १३, पोखरा

नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका ईञ्चार्ज गोकर्ण बिष्टले एमालेलाई एकताबद्ध तथा बलियो बनाउन ध्यान दिने बताउनुभएको छ । उनले पार्टीलाई बलियो बनाउनका लागि कोही कसैप्रति नकारात्मक टिका टिप्पणी नगरी जिम्मेवार र अनुशासित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

एमाले जिल्ला कमिटी कास्कीले अगुवा कार्यकर्ताको लागि शनिबार गरेको अनुशिक्षण कार्यक्रममा नेता बिष्टले नकारात्मक टिका टिप्पणी नगर्न तथा प्रतिबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । आगामी ८४ को चुनावमा नेकपा एमाले लाइ एकमना र एकताका साथ पार्टीको काममा जुट्ने कामको सुरुवात कास्कीबाट गर्ने विचार बिचार राख्नुभएको थियो  ।

गोकर्ण बिष्टले एमाले ले सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको एजेण्डालाई अगाडी सारेकोले एमाले लाइ कमजोर बनाउन हिलो छ्याप्ने काम भएको आरोप लगाए । एमालेलाई चारैतर्फबाट भएको घेराबन्दीको सामना गर्न पार्टीको आन्तरिक एकतालाई मजबुद बनाउन ध्यान दिएको उनले जानकारी दिनुभएको थियो ।

शोषण रहित समतामुलक समाज स्थापना गर्ने योजना र चाहानालाई पुरा गर्न पार्टी लागेको दाबी गर्दै उनले रोजगारीको सिर्जना र उद्यमशिलताको विकास गरी जनताको जीवन स्तर सुधारमा ध्यान दिने बताउनुभएको छ । उनले सामाजिक न्याय सहितको समृद्धि हासिल गर्दै समाजवादमा पुग्ने यात्रा तय गरेको उल्लेख गर्नुभएको थियो ।

नेकपा (एमाले) स्थायी समितिका सदस्य खगराज अधिकारीले पार्टी सरकारमा रहँदा सधै प्रगतिशिल सुधारको कार्यक्रम गरेको बताउनुभएको छ । कमिटी प्रणालीलाई व्यवस्थित गरी सदस्यता अद्यावधिक गर्न सबै कार्यकर्तालाई आग्रह गरे । उनले ठोस योजनाका साथ काम गरी कास्कीलाई नमुना जिल्ला बनाउन निर्देशन दिनुभएको छ ।

पार्टि स्थायी समितिका सदस्य थममाया थापामगरले नेता तथा कार्यकर्तालाई वैचारिक तथा राजनीतिक रुपमा प्रशिक्षित गरी संगठनलाई चुस्त दुरुस्त बनाए जुन सुकै आन्दोलनमा समेत सफलता हासिल हुने बताउनुभएको थियो। उहाले पार्टीको जनाधारलाई बलियो बनाउन ध्यान दिने उल्लेख गर्नुभएको थियो। पार्टीका नेता सोमनाथ अधिकारी प्यासीले सिंगो पार्टी कमिटी संगठन निर्माणमा लाग्न आग्रह गर्नुभएको थियो । कमिटीमा बस्नेलाई जिम्मेवारी बोध गर्न निर्देशन दिदै उनले कम्युनिस्ट पार्टी सामुहिक र संस्थागत निर्णय गरी नचलेमा जनताप्रति बेइमानी गर्न नहुने बताउनुभएको छ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ को अध्यक्षता भएको कार्यक्रम मा उपाध्यक्ष तेजनारायण अधिकारी सचिव बैनबहादुर अधिकारी क्षत्रीले अनुशिक्षण कार्यक्रममा सन्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: