Worldlink Communications

नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन असोजमा 

साउन २२,पोखरा

नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजमा हुने भएको छ । सोमबार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोजको १५ र १६ गते पोखरामासो अधिबेशन गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनुभयो।

त्यसै गरि बैठकले जनबर्गिय संगठनका अधिबेशन सम्पन्न गर्ने , सदस्यता बिस्तार अभियान तिब्रताका साथ अगाडी बढाउने निर्णय भएको कार्यालय सचिब माधब बास्तोलाले जानकारी दिनुभयो।

बैठक एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा महासचिब पोख्रेल सहित उप महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिब एबम गण्डकीका इन्चार्ज गोकर्ण बिष्ट , स्थायी कमिटी सदस्य खगराज अधिकारी लगाएतका नेताहरूले एमालेको भाबी रणनीति र संगठन मजबुतिकरण अभियानका बारेमा प्रकाश पार्नु भएको थियो ।

गण्डकी प्रदेशका ११ वटा जिल्ला कमिटीका रिपोर्टिङ सहित समिक्षा गर्दै बैठक अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य मोहन रेग्मी र संचालन सचिब धनन्जय दवाडीले गर्नुभएको पार्टी प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालले परिवर्तन न्यूज लाइ जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्: