Worldlink Communications

ने क पा एमालेले गण्डकीमा पार्टीको भवन निर्माण गर्न प्रत्येक पार्टी सदस्यबाट पाँच सय उठाउने 

भाद्र ७ , पोखरा

ने क पा ( एमाले) गण्डकी भवन निर्माण कमिटीको बैठक बिहीवार सम्पन्न भएको छ। बैठकमा गण्डकी प्रदेश इन्चार्ज एबम सचिब गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउदै रू २५ करोड संकलन गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

बिष्टले प्रत्येक पार्टी सदस्यबाट ५सय उठाइने र सक्ने महानुभाबहरू ले मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गर्दै सभा हल, पार्टी र जन संगठनको भवन कार्यालय रहने जानकारी दिनुभयो । बैठकमा भवन निर्माणमा गण्डकीका नेताहरु उप महासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ , खगराज अधिकारीले भवन बनाउन हर तरहले सहयोग गर्ने बताउनु भयो। उहाहरूले यो अवसर मा पार्टीका सदस्यहरु ,जनप्रतिनिधि, व्यवसायि र शुभेच्छुकले दिल खोलेर सहयोग गर्न आग्रह गर्नुभयो।भवन निर्माणका लागि पहल लिनु भएकोमा ईन्चार्ज गोकर्ण विष्टलाई धन्यवाद दिदै बैठकमा सबै जिल्लाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।

बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकमा जिल्लागत जिम्मेवारी तोकिने जानकारी दिइएको थियो ।बैठकमा गण्डकीका नेताहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र सदस्य हरु , जिल्ला कमिटि अध्यक्ष,संघीय र प्रदेश सांसदहरु, पालिकाका प्रमुख, उपप्रमुख ,जनवर्गीय संगठनका अध्यक्ष ,उध्यमी र व्यवसायि सहभागी हुनुहन्थ्यो।

बैठक प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षता र एमाले महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको संचालन प्रदेश सचिव धनञ्जय दवाडीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: