Worldlink Communications

कम्बोडियाको टेलिकममा लगानी भए प्रमाणित गरेर देखाउन चुनौती-एमाले अध्यक्ष

कार्तिक १३, पोखरा

कम्बोडियाको टलिकममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लगानी छ भन्ने कुरा नेकपा एमालेलाइ बदनाम गर्ने अनावश्यक हल्ला हो भन्नुभयो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पोखराको सभागृहमा प्रथम अधिबेशन बाट विजयी भएका आफ्ना गण्डकी प्रदेसका नेता लाई सपथ खुवाउन आउनु भएको अबसरमा अध्यक्ष केपी ओलीले कम्बोडियाको टलिकममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लगानी छ भन्ने कुरा नेकपा लाइ कसरी बदनाम गर्न सकिन्छ भनेर गरिएको मिथ्या कपोकल्पित कुनैपनि अर्थमा हुनैनसक्ने आरोप हो भन्नुभयो ।

आरोप लगाउने जो कोहीलाई पनि चुनौती दिँदै भन्नुभयो नेकपा एमालेको अध्यक्षको कम्बोडिया टेलिकममा लगानी रहेछ भने त्यो कानुनविपरित हो गैरकानुनी हो राज्यले फिर्ता गर्नुपर्छ। यदि त्यो लगानी भएको रकम साँच्चिकै रहेछ भने एक हजार थपिदिने घोषणा गर्नुभयो ।कार्यक्रममा उपस्थित नेता-कार्यकर्ता जनता सबैले ताली बजाएका थिए।

आजै नेकपा समाजवादीका केन्द्रिय सल्लाहकार परिषद का सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गर्नुभएकाे छ । एमाले गण्डकी प्रदेश कमिटीको विशेष समारोह मा उहाँ एमाले प्रवेश गर्नुभएकाे हाे । गुरुङलाई अध्यक्ष ओलीले खादा र माला लगाएर पार्टीमा स्वागत गर्नुभयाे ।

सोही कार्यक्रममा नेकपा एस कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ,बाबुराम भण्डारी,युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङ लगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गर्नुभएको थियो ।

समाजबादि को तर्फ बाट पोखरा महानगर पालिकाको मेयर जितेका धनराज आचार्यले आफ्ना नेताकार्यकर्ता जोगाउन नसक्नुलाइ भविष्यमको आफ्नो बाटोपनि बिस्तारै त्यहि भएकोले  सोझाउदै गर्नुभएको हुनसक्ने कार्यक्रममा उपस्थित केही नेता कार्यकर्ताहरुले हामीलाई बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: