Worldlink Communications

कास्की जिल्ला समन्वय प्रमुख भन्नुहुन्छ-पोषणमा लगानी गर्नु भनेको विकासमा लगानी गर्नु हो

पौष २२, पोखरा

जिल्ला स्वास्थ्य कार्यालय कास्कीको आयोजनामा पोषणमा आधारित रहेर पोषणयुकत खाध्य वस्तुले व्यक्तिको जीवनमा के कति प्रभाव पार्छ कम पोषणयुक्त खाद्यपदार्थ खादा र त्यसबाट बच्न के के गर्नुपर्छ भन्ने विषयमा घनिभूत छलफल, अन्तरक्रियात्मक कार्यक्रम कास्की जिल्ला समन्वयको सभाहलमा समापन गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय कास्कीको आयोजनामा पोषणको बारेमा तल्लो तह सम्म जानकारी दिनको लागि आयोजित अन्तरक्रियात्मक छलफल कार्यक्रमको अध्यक्षता कास्की जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलले गर्नुभएको थियो। कार्यक्रममा कास्की जिल्लाका स्थानीय तहका प्रमुख,उपप्रमुख जनप्रतिनिधिहरु, रेवान एसोसिएसन, होटल एसोसिएसन, विद्यालयका शिक्षक ,नगरपालिकाको तर्फबाट कृषि कार्यालयका प्रमुख, भेटनरी कार्यलयका प्रमुख तथा विभिन्न पोषण सम्बन्धी सरोकारवाला जिम्मेवार व्यक्तित्वहरू को उपस्थितिमा भएको कार्यक्रम स्वास्थ्य कार्यालय कास्कीका पोषण सम्बन्धी को- पर्सन एम बरालले सञ्चालन गर्नुभएको थियो।

कास्की जिल्ला समन्वय प्रमुख लीलाधर पौडेलले पोषणयुक्त खाद्य बस्तु उत्पादनमा सरकारले लगानी बढाउन जरुरी छ भन्नुभयो। पोषणमा लगानी भनेको नागरिकको जिबन स्वच्छ बनाउनु हो व्यक्ति को जीवन मा पोषणयुक्त र सन्तुलित आहार खान नपाएसम्म जीवन राम्रो जिबन विकास भएको हुँदैन भन्नुभयो। स्वस्थ खानाले स्वस्थ जीवन यापन बिताउन सहज बनाउछ  स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको को विकास हुन्छ स्वास्थ् मस्तिष्कले मात्र देशको विकास को बारेमा चासो लिने भएको हुनाले राज्यले पोषणयुक्त खाद्य तत्त्व उत्पादन गर्नमा लगानी गर्नुपर्छ भन्नुभयो। जबसम्म राज्यले पोषण युक्त खाद्य बस्तु उत्पादनमा जोड दिँदैन लगानी गर्दैन तबसम्म देश यसरी नै गुज्रिने बताउनुभयो । राज्यले पोषणयुक्त खाद्य सामग्री उत्पादन गर्न तर्फ जोड दिँदै दक्ष जनशक्ति उत्पादन गर्न सकेमा देशको विकासमा टेवा पुग्ने बताउनुभयो।

कार्यक्रममा तीनवटा प्रस्तुतिकरण रहेको थियो जसमा स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले पोषण के हो र अहिलेको अवस्थामा पोषणयुक्त खाद्यवस्तु भन्ने विषयलाई शब्दलाई राज्य र ब्यक्ति ले कसरी लिएको छ भन्ने विषयमा आफ्नो धारणा डाटा अनुसार कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। पोषणयुक्त खाद्य वस्तु को अभावमा मानिसले कस्तो जीवन जिउनुपरेको छ आगामी दिनमा यसको असर के कति छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्तुतिकरणमा राख्नुभएको थियो।

त्यस्तैगरी दोस्रो प्रस्तुतिकरण कृषि ज्ञान केन्द्र का प्रमुख किरण सिग्देलले कृषिसँग सम्बन्धित रहेर माटेमा विषादी कसरी प्रयोग भएको छ, कसरी गरिँदै आएको छ, कति मात्रामा प्रयोग भएको छ, कुन कुन खाध्य वस्तुमा कसरी प्रयोग भएको छ भन्ने विषयमा सरल भाषामा आफ्नो प्रस्तुति राख्नुभएको थियो भने यी खाद्यपदार्थहरु मा प्रयोग भएका विषादीको प्रयोगले मानिसको जीवनशैली र मानिसको शारीरिक,मानसिक र सामाजिक जिबनलाई कहाँसम्म पुर्याएको छ भन्ने विषयलाई गहिरेर अध्ययन गर्दै यसलाई न्यूनीकरण गर्नको लागि के के उपायहरू अपनाउन सकिन्छ र मानवको जीवनलाई बचाउन कसरी सकिन्छ आफ्नो स्वास्थ्यप्रति ध्यान दिन सक्ने कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो।

त्यस्तैगरी तेस्रो प्रस्तुति माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख सुनिल पाण्डेले अहिले माटोको अवस्था कस्तो छ माटोमा अम्लीयपन किन हराउदै गएको छ अथवा माटोको विभिन्न जैबिक तत्व हरु कसरी हरास हुँदै गइरहेको छ यो हरास किनभइरहेको छ? माटोको आफ्नो जैविक पनलाई कसरी जोगाउदै कसरी उत्पादनशील माटो बनाइ उत्पादन बढाउन सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो।

कार्यक्रमको अन्तमा उपस्थित होटल एसोसिएसन र रेवान एसोसिएसनले कसरी आफ्ना पाहुनाहरूलाई स्वस्थ खाना खुवाउने भन्ने बारेमा चासो लिनुभएको थियो भने विद्यालयका शिक्षक शिक्षिकाहरुले कसरी आफ्ना विद्यार्थीहरुलाई राम्रो खाद्य पदार्थ उत्पादन गरी खानुपर्छ भन्ने बिषय सिकाउन सकिन्छ भन्ने विषयमा सोचिरहनु भएको थियो भने कृषि र भेटनरीका प्रमुखहरुले कसरी आफ्ना कृषकहरुलाई स्वस्थकर पोषणयुक्त खाद्य उत्पादन गर्न सिकाउने होला भन्ने विषयमा छलफल गरिरहनु भएको देखिन्थ्यो भने जनप्रतिनिधिहरुले पनि आफ्ना सम्पूर्ण जनताहरुलाई कसरी पोषणयुक्त खाद्यवस्तु उत्पादनसँग जोड्न सकिन्छ होला भन्ने विषयमा घनिभूत छलफल भएको बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: