Worldlink Communications

श्री भूमे मैदान बहुद्देशीय सामुदायिक समूह पोखरा १९ घार्मीको तेस्रो अधिवेशन बाट सर्बसम्मत अध्यक्ष:बैकुण्ठ पौडेल

चैत्र १० , पोखरा

श्री भूमे मैदान बहुउद्देशीय सामुदायिक समूह पोखरा १९ घार्मिको तेस्रो अधिवेशन तथा पाँचौं वार्षिक उत्सव समारोहबाट सर्वसम्मत रुपमा बैकुण्ठ पौडेल र उहाँको टिम निर्वाचित भएको छ।

संस्थाका अध्यक्ष रामचन्द्र पौडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि निवर्तमान वडाध्यक्ष शोभामहन पौडेल विशेष अतिथिमा वडा सदस्य कल्पना सुनारले गर्नुभएको थियो भने अतिथिहरूमा विभिन्न संघ संस्था स्कुलका विद्यालयका आमा समूहका प्रतिनिधिहरुले प्रतिनिधिहरूको उपस्थितिमा भएको कार्यक्रम भव्य र सभ्य रुपले संस्थाका सचिव बैकुण्ठ पौडेलले सञ्चालन गर्नुभएको थियो।

श्री भूमे मैदान बहुद्देशीय सामुदायिक समूह पोखरा १९ घार्मीको तेस्रो अधिवेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शोभामोहन पौडेलले संस्थाका सन्माचालक हरुले इन्दारिताका साथ राम्रोसँग काम गर्दै सेयर सदस्यहरुलाई सम्मानपूर्ण व्यवहार गर्दै आर्थिक रुपमा प्रष्ट व्यवहार गर्दै अगाडि बढेमा जुनसुकै संस्थाहरु पनि राम्रोसँग अगाडि बढ्ने भएको हुनाले अहिलेको कठिन मोडमा संस्थालाई अगाडि बढाउन को लागि अझै इमान्दार भई लाग्नुपर्नेमा जोड दिनुभएको थियो।

नवनिर्वाचित सञ्चालक समितिमा अध्यक्ष : बैकुण्ठ पौडेल ,उपाध्यक्ष: डिल्लीराम पौडेल ,सचिव: रामप्रसाद पौडेल, सहसचिव: खेमराज पौडेल ,कोषाध्यक्ष: सुनिता अधिकारी र सदस्यहरूमा क्रमश: झलक पौडेल, दामोदर पौडेल ,स्वभाव पौडेल, रामचन्द्र पौडेल ,दीपक पौडेल चयन हुनुभएको सो समितिमा एकजना पछि मनोनित गर्ने भनी राखिएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नेहरूमा धार्मिक जनजागरण आमा समूहका सचिव हिरा पराजुली, भूमेश्वर आदर्श विद्यालयका अध्यक्ष: शिव पौडेल ,एस इ इ मा राम्रो नम्मर ल्याएर सम्मानित विद्यार्थीहरूको तर्फबाट समिर पौडेल, महिलाहरूको तर्फबाट पवित्रा पौडेल , घार्मि कृषि सहकारीबाट सचिव राजकुमार पौडेल, संस्थापक अध्यक्षहरू को तर्फबाट पोषण पौडेल, शिक्षा प्रेमि हरुको तर्फबाट प्रगति इङ्लिस बोर्डिङ स्कुल का फाउन्डर जयराम पौडेल समाजसेवी डिल्लीराम पौडेल, दुर्गा देवी पौडेल ,माधवप्रसाद पौडेल ,लगायतले आफ्नो मन्तव्य सहित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

श्री भूमे मैदान बहुद्देशीय सामुदायिक समूह पोखरा १९ घार्मीबाट एसइमा सम्मानित हुने विद्यार्थीहरू समीर पौडेल, सन्दिप पौडेल, सचिन पौडेल ,कुशल पौडेल र पवित्रा पौडेल लाइ सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्: