Worldlink Communications

राष्ट्रियसभा सदस्य रिक्त पदको उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम भोलि

पौष २२, काठमाडौँ

माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको रिक्त १९ पदको निर्वाचनका भोलि पौष २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदै । सम्पूर्ण तयारी र कार्यजिम्मेवारी पूरा गरिएको निर्वाचन आयोग का प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।

सातवटै प्रदेशको प्रमुख शहरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने उमेदवारी मनोनयन दर्ता कार्यक्रम बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म हुने बताइएको छ ।

माघ ११ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था भए अनुसार  प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाताले मतदानमा भाग लिनुहुँनेछ ।

निर्वाचन आयोग का अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ को जम्मा मतभार २९हजार ९७ हुन्छ भने पालिका प्रमुख र उपप्रमुखको मतभार १९ को मत भार २८ हजार ४ सय ६२ हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: