Worldlink Communications

राष्ट्रिय सभा निर्वाचनः गण्डकीमा उम्मेदवारी दर्ता

पौष २३ , पोखरा

राष्ट्रियसभा को चुनावका लागि गण्डकी प्रदेशमा बिभिन्न पार्टीका उम्मेदवारहरूले पार्टीको निर्णयअनुसार उम्मेदवारी दर्ता गराउनु भएको छ ।

विभिन्न कलस्टरहरू छुट्टाएर उम्मेदवारी दर्ता गर्नुपर्ने भए अनुसार नेकपा एमालेको तर्फबाट अन्य क्लष्टरबाट स्याङ्जाका चक्रबहादुर पराजुली, अपाङ्गता तथा अल्पसंख्यकको क्लष्टरबाट मुस्ताङका हेमन्द्र शेरचन, महिला क्लष्टरबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तैगरी  नेपालि कांग्रेसको अन्य क्लष्टरबाट गोरखाका किरण बाबु श्रेष्ठ, अपाङ्गता तथा अल्पसंख्यकको क्लष्टरबाट तनहुँका पदम बहादुर परियारले उम्मेदवारी दर्ता गराउनु भएको छ।

त्यस्तैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्य कलस्टरबाट रोमबहादुर भण्डारी कास्कीबाट महिला क्लस्टरबाट गौमाया श्रेष्ठ तनहु बाट हुनुहुन्छ।नेकपा माओवादी केन्द्रको महिला क्लस्टरबाट मनरुपा शर्माले उम्मेदवारी दिनुभएको निर्वाचन आयोगका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो।

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गता र अल्पसङ्ख्यक क्लस्टरबाट एक/एक जना निर्वाचित हुनुहुनेछ।

प्रतिक्रिया दिनुहोस्: