Worldlink Communications

बडर बोट आमा समूह को तेइसौं साधारण सभा र ११औं अधिवेशन सम्पन्न अध्यक्ष:कमला तिमिल्सिना

पौष २८, पोखरा

पोखरा महानगरपालिका वडा न. १६ मा रहेको बडरबोट आमा समूह को २३औ वार्षिक साधारणसभा ११औ अधिवेशन साथै श्री सन्तानेश्वर शिव मन्दिरको उद्घघाटन कार्यक्रम बाट पुन सर्बसम्मत कमला तिमिल्सिना नै अध्यक्ष हुनुभएको छ।

बडरबोट आमा समूहकि अध्यक्ष कमलादेवी तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कुमार खड्काले आतिथ्यता गर्नुभएको थियो। विशेष अतिथि वडाध्यक्ष अमृत तिमिल्सिनाले गर्नुभएको थियो । अतिथिहरूमा विभिन्न आमा समूह लगायत विभिन्न सहकारी र संघ संस्थाका प्रतिनिधि/अध्यक्षहरू र सम्पूर्ण आमा समूहका सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रम सञ्चालन संस्थाकी सदस्य गीतादेवी पौडेलले गर्नुभएको थियो।प्रमुख अतिथि कुमार खड्काले आज सम्म आमा समूहले धेरै राम्रो काम गरिरहेको समाजमा परिवर्तनका कामहरू गरिरहेको हुनाले विगतमा आफूले सक्दो सहयोग गरेको र आगामी दिनमा आफूले गर्न सक्ने सहयोग सबै किसिमले तरिकाले सहयोग गर्न आफू आतुर रहेको तर त्यो दिन धेरै टाढा नरहेको बताउनुभएको थियो। संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै अधिवेशनबाट चुस्त, दुरुस्त ,राम्रो र काम गर्न सक्ने समिति निर्माण हुने विश्वास गर्नुभएको थियो।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष नारायण तिमिल्सिनाले उपस्थित सम्पूर्ण सबैलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सचिव सरिता पराजुलीले सचिव को प्रतिबेदन पढेर सुनाउनुभएको थियो। भने कोषाध्यक्ष संगीता तिमिल्सिनाले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो।

समाजसेवी संस्थाको सल्लाहकार वसन्त तिमिल्सिना, समाज देबि तथा नागरिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्पराज तिमिल्सिना र हिमालय क्लब तथा गाउँले बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन थापा, शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष हरि बहादुर बरुवाल, जनप्रतिनिधि मञ्जु नेपाली नेपाली लगाएत ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्: