“वालवालिका संग न्यायिक समिति” शीर्षकमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

“वालवालिका संग न्यायिक समिति” शीर्षकमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

परिबर्तन न्युज
३ असार २०८२ बजे
परिबर्तन न्युज
३ असार २०८२

असार ३, पोखरा

पाेखरा १९ तल्लाकाेटमा रहेकाे विन्धेश्वरी युवा कल्बकाे आयाेजना र पाेखरा महानगर न्यायिक समितिकाे आर्थिक सहयाेगमा “वालबालि का संग न्यायिक समिति” शीर्षकमा एक दिने कार्यशाला सम्पन्न भएकाे छ ।

Advertisement:Ad
Advertisement:Ad

क्लबका पूर्व अध्यक्ष तथा पाेखरा १९ का वडा सदस्य विकास कुमार आचार्यकाे प्रमुख आतिथ्यतामा साेमबार विन्धेश्वरी मा वि तल्लाकाेट मा आयाेजित साे कार्यशाला गोष्ठीमा विधालयका बालबालिका हरू सहित शिक्षक शिक्षिका तथा स्थानीय अभिभावकहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि आचार्यले न्यायिक समितिकाे काम कर्तव्य र सहज सेवा आम जनमानसले थाह पाउनु पर्ने र विशेष गरेर बिध्यार्थी भाई बहिनिहरु न्यायिक कानुन सग सम्वन्ध राख्ने बिषयमा सुसूचित रहनसके सिङ्गाे समाजले न्यायिक प्रकृयाको विषयमा जान्न र बुझ्न सक्ने कुरामा जाेड दिनु भयाे ।

Advertisement:Ad
Advertisement:Ad

कार्यशालामा न्यायिक समिति सदस्य द्वाेय कालिदास पाेख्रेल, रजनी परियार र पाेखरा महानगर प्रशासन शाखाका सह अधिकृत पवन सुवेदीले न्यायिक समिति गठन प्रकृया, कार्यक्षेत्र र जनसाधरणकाे सहज पहुच सम्बन्धमा प्रशिक्षण दिनुभयाे ।

कार्यक्रममा बाेल्दै पाेखरा १९ का वडासदस्य एवं शुक्ला साहित्य प्रतिष्ठान को अध्यक्ष दुर्गा देवी बस्नेत तथा विन्धेश्वरी मा. वि. का प्र.अ. श्रीराम आचार्यले विन्धेश्वरी युवा कल्बले व्यक्तिको जीवनमा सामाजिक रुपान्तरणको पक्षमा कामगर्दै आएका विभिन्न कार्यकाे प्रशंसा गर्नुभयाे ।

क्लबका अध्यक्ष थमकुमार के.सी.काे अध्यक्षतामा भएकाे साे कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मिनराज ढुङ्गानाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रम क्लबका महासचिव दिपेन्द्र ढुङ्गानाले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज