Worldlink Communications

एमाले कास्कीको एघारौं जिल्ला अधिवेशनको तयारी पुरा:अध्यक्ष ओलीले उद्घाटन गर्ने

चैत्र ९ , पोखरा

नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन भोलि १० गते शनिबार देखि सुरु हुने भएको छ । पोखरा नयाँ बजारको प्रर्दशनी केन्द्रमा नेकपा एमालेका अध्यक्ष एवं पूूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुहुने भएको छ।

अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिएको छ । दुइ दिन सम्म चल्ने अधिवेशनले नेकपा एमाले कास्की को नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।

कास्की जिल्लाका ७२ वटा वडा, जनबर्गिय सगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटी, शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी ९३५ जना प्रतिनिधिको सहभागिता रहने एमाले कास्कीका अध्यक्ष एवं अधिवेशन मुल समारोह संयोजक मनबहादुर गुुरुङले जानकारी दिनुभएको छ ।

उहाका अनुसार प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताउनुभएकोछ ।अधिवेशन उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन जिल्ला कमिटी, महानगर, पालिका, ईलाका, वडा, जनवर्गीय संगठनलाई परिचालन गरिएको बताउनुभयो।

अधिवेशनलाई ऐतिहासिक र सफल बनाउनका लागि जिल्ला कमिटीका अध्यक्ष मनबहादुर गुरूङको अध्यक्षतामा मूल व्यवस्थापन कमिटी गठन गरिएको र जिल्ला कमिटीका सदस्य, लेखा कमिटीका सदस्य, पालिका ईलाका कमिटीका अध्यक्ष हरु रहेको एमाले कास्की उपसचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक दर्शन लामाले हामीलाइ बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: