Worldlink Communications

महासचिव पोखरेल भन्नुहुन्छ: तपाईहरु खेलाडी होइन इमान्दार रेफ्री बनिदिनुस

चैत्र १० , पोखरा

नेकपा एमाले कास्कीको एघारौं अधिवेशनको बन्द शत्रलाई शनिबार सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्व छान्ने जिम्मा कार्यकर्तालाई दिन आग्रह गर्दै क. खगराज अधिकारी र कमरेड पृथ्वी सुब्बा गुरुङलाई नामै किटेर तपाईंहरु खेलाडी होईन रेफ्री बनिदिनुस भन्नुभयो ।

कास्की  नेकपा एमाले पार्टीमा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी बीच गुटगत समूह भएको र अधिवेशनमा पनि दुई गुटबीच प्यानल बनाएरै प्रतिष्पर्धाको तयारी गरिसकेको बुझिएको छ । बाहिर बाट झ्वाट्ट हेर्दा कास्कीमा पछिल्लो समय पृथ्वी सुब्बा गुरुङ समूह बलियो भएपनि कमजोर प्यानलको आरोपले यसै भन्न केहि नसकिने बिश्लेषण गरिदै आएको छ ।

महासचिव पोखरेलले कास्कीको अधिवेशनलाई आफुले नजिकबाट हेरिरहेको हुनाले नया नेतृत्वका लागि भइरहेको तछाडमछाड गरिरहेको हुनाले नेता नेताबीच फाटो ल्याएर जिल्ला नेता बन्ने प्रयास नगर्न नगराउन कार्यकर्तालाई समेत अनुरोध गर्नुभएको थियो। गुरुङ र अधिकारीलाइ लक्षित गर्दै महासचिव पोखरेलले‘नेता छान्ने मञ्चमा बसेकाले होईन, नेता छान्ने तल बसेका कार्यकर्ताले हो छान्न दिनूस भन्नुभएको थियो।

महासचिव पोखरेलले सकेसम्म नेतृत्व सहमतिबाटै छान्न र त्यो सम्भव भएको बताउनुभएको थियो। सहमतिबाट नेतृत्व छान्नु सबैभन्दा लोकतान्त्रिक हुने यदि हुदै भएन भने तपाईंहरु खेलाडी नबनी रेफ्री बनिदिनूस् । उहाँहरुलाई नेता छान्न दिनूस् । कार्यकर्ताबाट छानिएर आएको नेताले मात्र पार्टी बनाउने प्रष्ट बिचार राख्नुभएको थियो।

महासचिव पोखरेलले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गर्नुमात्रै सबैथोक नभएको बताउदै बास्तबमा पोखरा  अन्र्तराष्ट्रिय विमानस्थल चल्नको लागि एमालेलाई नै पर्खिएको हो कि जस्तो लागेको भएको बताउनुभएको थियो। एमाले सरकारमा जोडिएपछि यो विमानस्थललाई साँच्चिकै चलाउने प्रयास हाम्रो हुनेछ  जस्ले पर्यटनको आधार तयार गर्नेछ भन्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: