Worldlink Communications

एमाले कास्की जिल्लाको एकता अधिवेशन अन्तत निर्वाचनमा: कस्ले मार्ला बाजी

चैत्र १२, पोखरा

नेकपा एमाले कास्कीको ११औ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व हुनसकेन।निर्वाचनको तयारीको लागि ६:०० बजेबाट मनाेनयन पत्र बितरण भइरहेको जानकारी प्राप्त भएको छ।

एकताको अधिवेशन भनेपनि अन्तत पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीको प्यानल बिच निर्वाचन हुँदैछ भन्ने विषय कोही कसैबाट लुक्न सकेन।

भाेलि मगलबार दिउँसो १:३० बजेबाट मतदान हुने एक प्रतिनिधिले हामीलाई बताउनुभए पनि नेकपा एमालेका बाहिर बस्नुहुने शुभचिन्तकहरूको आस अझै मरेको छैन रात रहे औराख पलाउँछ भन्छन् रातभरिमा केही हुनपनि सक्छ भन्नेहरूको भिड पनि त्यत्तिकै छ भने त्यस्तो हुनै सक्दैन सबैलाइ पद चाहिएको छ भन्नेहरूको भिड पनि त्यत्तिकै देखिएको  छ।

 

प्रतिक्रिया दिनुहोस्: