Worldlink Communications

नेकपा एमालेका अध्यक्ष ओली शुक्रबार पोखरा आउने

चैत्र २२ , पोखरा

नेकपा एमालेको  एघारौँ जिल्ला अधिवेशन बाट विजय भएका पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनको लागि अध्यक्ष केपी शर्मा ओली चैत २३ गते शुक्रबार पोखरा आउनुहुने भएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा पार्टी अध्यक्ष ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको सचिव दर्शन लामाले जानकारी दिनुभयो। लामा का अनुसार पोखरा सभागृहमा शुक्रबार बिहान १०:०० बजेदेखि हुने सपथ ग्रहण कार्यक्रमको मन्च तयारी देखि लगभग सबै पुरा भैसकेको जानकारी दिनुभयो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलको प्रमुख आतित्यता गर्नुहुने  कार्यक्रम लाइ भव्य र सभ्य बनाउनको लागी नेकपा एमाले पार्टी कास्की, नेकपा एमाले पोखरा महानगर कमिटी र सम्पूर्ण जनवर्गीय  भातृ संगठनहरुको भेला बोलाई तयारीलाई चुस्त बनाउन निर्देशन दिइसकिएको नवनिर्वाचित अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो। साथै जिल्लामा रहेका सबै जन संगठनहरुलाई धेरै भन्दा धेरै कार्यकर्ता सहभागी गराउन आग्रह गरेको बताउनुभयो।

पोखरा महानगर कमिटिको बैठक बसी कार्यक्रम सफल पार्न अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा बुधबार बसेको १५ औं पूर्ण बैठकले नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै पद तथा गोपनियता को सपथ ग्रहण कार्यक्रमलाई सफल बनाउने निर्णय गरेको महानगर कमिटीका सचिव जीवन आचार्यले जानकारी दिनुभयो।

नेकपा एमाले कास्कीको ११ औं अधिवेशनले बैन बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको थियो। जस्मा उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तुदेवी सुवेदी लगायत नवनिर्वाचित सदस्य हरुले पद तथा गोपनीयताको सपथ लिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्: