Worldlink Communications

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भन्नु हुन्छ:अझै २० वर्ष पार्टी अध्यक्ष छाड्दिन

चैत्र २३ , पोखरा

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  आफुले अझै २० वर्ष पार्टी अध्यक्षमा कसैले आस नगरे हुन्छ भन्नुभयो।

शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै कसैले एमालेबिनाको नेपाल भने कसैले केपी ओलीबिनाको एमाले भने अहिले उनीहरूलाई देखेर दया लागेर आउँछ भन्नुभयो ।

के पी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला यस्ता कुरा सुन्दा पोहोर परार मेरो सबै कपाल झरेको थियो अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफै पलाउन थालेको छ त्यसैले अझै २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ भन्नु भयो।

चारैतिरबाट घेराबन्दीमा परेर विदेशीको इसारामा गठबन्धन तोडिएको आरोप खेपिरहेको बेला नेपाली कांग्रेस–माओवादीको गठबन्धन सरकार म आफैँले तोडेको हो देश भित्रैबाट गठबन्धन तोडेको बताउनु भयो ।

कांग्रेस सहितको गठबन्धनमा निकम्मा र भ्रष्टहरु मात्र भएको आरोप  लगाउँदै दक्षिणपन्थी निकम्मा भ्रष्टहरुको गठबन्धन देशको लागि दुर्भाग्य भएको हुनाले नै नेकपा एमालेले यो सरकार ढाल्न अपरिहार्य थियो ढालेरै छाड्यो भन्नुभयो। विगत एमालेको सरकार ढलेपछि देश ओरालो लागेको लागै थियो, त्यस कारण पनि यो गठबन्धन सरकार हटाउनै पर्ने बाध्यता थियो हटायौँ भन्नु भयो।

नेकपा एमालेको लाल किल्लाको रुपमा रहेको गण्डकी प्रदेश र त्यसको राजधानी कास्की भएको हुनाले यहाँका एमाले हरुले मन सानो बनाउन पर्ने कुनै कारण छैन फेरि पनि गण्डकी प्रदेश लाल किल्ला हो कास्की नेकपा एमालेको लाल किल्लाको राजधानी हो त्यसैले त कास्की आउँदा आफ्नै घर आएजस्तो लाग्छ भन्नुभयो।

अध्यक्ष केपी शर्मा ओलीले एघारौँ जिल्ला अधिवेशनपछि पार्टीमा एकता बढ्दै गएको भन्दै सामान्य अप्ठ्याराहरू चिर्दै अघि बढ्न नेता कार्यकर्तालाई प्रशिक्षित गर्नुभएको थियो । एघारौँ  कास्की जिल्ला अधिवेशनबाट आगामी २ वर्षको लागि वैनबहादुर क्षेत्री अधिकारीले जिम्मेवारी पाउनु भएको छ उहाँले ससाना कुराहरूमा नअल्झिकन पार्टीलाई सुदृढ सक्षम र एकताबद्ध बनाएर अगाडि बढाउनु हुनेनैछ भन्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्: