कार्तिक २१,पोखरा
पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा स्पोर्ट्स मिटको आयोजना भएको छ ।
बिद्यालयमा रहेको गेम्स एण्ड स्र्पोट्स क्लबको आयोजनामा बिहिबार र शुक्रबार गरि २ दिन सम्म सञ्चालन भएको मिटमा कक्षा ११ र १२ का बिद्यार्थीहरुको सहभागिता रहेको बिद्यालयका प्रमुख प्रशासक चित्र गुरुङले बताउनुभयो ।
स्पोर्ट्स मिटमा २ बिद्या अन्तरगर्त रहेर खेलहरु आयोजना भएका थिए जस अन्तरर्गत बास्केटबल छात्र,छात्रा र भलिबल छात्र,छात्राको समुहमा बिद्यार्थीको सहभागिता रहेको थियो। जस अन्तरर्गत बास्केट बल छात्र तर्फ टिम निलो पहिलो र टिम रातो दोस्रो भए, त्यस्तैगरि छात्रा तर्फ टिम पहेलो पहिलो र टिम रातो दोस्रो भए । त्यस्तै छात्र भलिबल तर्फ ११ बि पहिलो, १२ सि दोस्रो भए भने छात्रा भलिबल तर्फ,टिम रातो पहिलो र टिम पहेलो दोस्रो भए । बिद्यालयले बाकिँ रहेका केहि खेलहरु ब्याडमिन्टन,टेबल टेनिस र फुटसललाई केहि दिन पछि आयोजना गर्ने जनाएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष एड्रिना गुरुङ,सचिव एप्सन पुन, प्रचार्य सइन्द्रराज श्रेष्ठ,डाइरेक्टर झम गुरुङ,लेख प्रमुख लगाएतको सहभागिता रहेको थियो । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ यो गण्डकी प्रदेकै निजि स्तरबाट सञ्चालित पहिलो बिद्यालय हो ।









प्रतिक्रिया