माघ २७,पोखरा
पोखरा महानगरपालिका वडा न. १ का अध्यक्ष शाहरा प्रधानले राष्ट्रिय मावि र अञ्जुली बोर्डिङसँग सम्बन्धित जग्गा प्रकरणमा लागेको आरोप विशेष अदालतबाट पूर्ण सफाइ पाउनु भएको छ ।
अदालतले “नखाएको विष लाग्दैन” भन्ने विषय प्रमाणित गरिदिएको छ। विष नखाए पनि शरिरमा लागेको चोट, परिवारले भोगेको पिडा र स्वयं ब्यक्तिले भोगेको मानसिक पीडा अनि निर्दोष व्यक्तिको सार्वजनिक छविमा परेको दाग कसले मेट्छ? यदि आरोप गलत थिए भने यत्रो समय बदनाम किन ? अदालतको फैसलाले अध्यक्ष प्रधान सहित सम्पूर्ण प्रतिवादी निर्दोष रहेको ठहर गरेको छ। लामो समयदेखि सामाजिक सञ्जाल,राजनीतिक मञ्च र सार्वजनिक बहसमा फैलाइएका आरोपहरू कानुनी रूपमा झुटा सावित भएका छन्।
आरोपको हेडलाइनले क्षणिक ब्रेकिङ न्यूज त होला, तर इतिहासले त सत्यले नै लेख्छ आरोप थियो- प्रमाण थिएन लोकप्रिय मतसहित नेकपा (एमाले) को तर्फबाट निर्वाचित वडा अध्यक्ष प्रधानलाई लक्षित गर्दै नक्कली कथा रचेर, विभिन्न तानाबाना बुनेर योजनाबद्ध आरोपहरू लगाएर अनावश्यक निर्दोष ब्यक्तिलाइ दोष लगाएर डाम्ने काम गर्न खोजिएको छ यो सरासर गलत हो भन्दै आएका एमाले पक्षधरहरूलाइ अदालतले चरितार्थ पारिदिएको छ।
राष्ट्रिय मावि र अञ्जुली बोर्डिङको जग्गा विषयलाई आधार बनाएर व्यक्ति मात्र होइन, पार्टी र जनमतलाई समेत बदनाम गर्ने प्रयास भएको विश्लेषण हुन थालेको समयमा अदालतको फैसलाले स्पष्ट सन्देश दिएको छ राजनीतिक आरोप प्रमाण होइन, कानुन त विधि र प्रमाणमा चल्छ भन्ने चरितार्थ गरिदिएपछि न्याय नमरेको र हामीले जे सोचेका थियौँ त्यही भयो उहाँका भोटर्सहरूले परिवर्तनन्यूजलाइ बताए।
शाहरा प्रधानका समर्थकहरू भन्छन् इमान्दारीतालाई एकैछिन थिच्न सकिन्छ, तर मेट्न सकिँदैन। वडा नम्बर १ का वडाध्यक्ष सहारा प्रधानलाइ सबैले भन्ने गर्छन् झट्ट हेर्दा हेर्दा एकदमै इमान्दार, सोझो र वर्गीय मान्छे हुन तर एकाएक किन यस्तो आरोप लाग्यो होला भनेर हामी पत्याएको थिएनौ खुसी लागेको छ अदालतले पनि हाम्रो भाषा बुझेछ क्यारे भन्नेहरूको भिडमा अदालतको यो निर्णयले सबै जनता को मनमा राम्रो मलम बनेको उहाँका शुभचिन्तकहरूले बताउनु भएको थियो।
प्रश्न अझै बाँकी छन्अदालतले निर्दोष ठहर गरिदिएपछि अध्यक्ष प्रधानलाई होइन, आरोप लगाउनेहरूलाई सोधिनुपर्ने आवाज उठ्न थालेको छ गलत आरोप लगाएर कसले किन र के का लागि राजनीतिक लाभ खोज्यो? प्रमाणबिनै सार्वजनिक चरित्र हत्या गर्ने प्रवृत्तिको जिम्मेवारी कसले लिन्छ? यस किसिमका बग्रेलती प्रश्नहरू समाजमा अब छरपस्ट भएर आएका छन्। यो खोजीको विषय हुन जरुरी छ।
अदालतबाट सफाइ पाएपछि पनि बदनाम गरिएका वर्षहरूको क्षतिपूर्ति, मानसिक पीडा, पारिवारिक पीडा को क्षतिपूर्ति कसले दिन्छ ? यी प्रश्नहरू अझै अनुत्तरित छन्।जनसेवामा फर्किने अपेक्षा अदालतबाट सफाइ पाएसँगै वडा अध्यक्ष शाहरा प्रधान छिट्टै नियमित जिम्मेवारीमा फर्किने विश्वास व्यक्त गरिएको छ।
यस कठिन कालखण्डलाई पाठका रूपमा ग्रहण गर्दै अझ परिपक्व, पारदर्शी र जिम्मेवार नेतृत्व प्रस्तुत गर्नुहुने अपेक्षा स्थानीयवासीले गरेका छन्।निष्कर्षको रुपमा यो फैसला केवल एक व्यक्तिको जित होइन,यो प्रमाणविहीन आरोपिहरुको हार हो। बिना प्रमाण दोस दिनको लागि दोष दिएर राजनीतिलाइ बदनियत गराउने हरुको लागि असली सबक दिएको छ।सत्यको जित ढिलो हुन सक्छ,तर अवस्य जित्छ भन्ने कुरा विशेष अदालतको फैसलाले यही देखाएको छ।







प्रतिक्रिया