फोहोरको लुडोमा पोखरा : पासा मेयरले फाले, चाल राजनीति र अवरोधले रोक्यो

फोहोरको लुडोमा पोखरा : पासा मेयरले फाले, चाल राजनीति र अवरोधले रोक्यो

परिबर्तन न्युज
२७ माघ २०८२ बजे
परिबर्तन न्युज
२७ माघ २०८२

माघ २७ ,पोखरा

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले फोहोर व्यवस्थापनका आफ्नै प्रयासलाई आफैले  ‘लुडो खेल’ जस्तै भएको टिप्पणी गरेपछि सहरको फोहोर समस्या फेरि बहसको केन्द्रमा आएको छ।मेयरको भनाइले एक प्रश्न उठाएको छ- समस्या व्यवस्थापनको हो कि निर्णय गर्ने आँट हो भन्ने विषय महत्वपूर्ण हो बुझ्न जरुरी छ।

Advertisement:Ad

राजनीतिक दबाब र स्थानीय अवरोधलाई फोहोर नउठ्नुको मुख्य कारण देखाउँदै मेयर आचार्यले ढिलोमा आगामी शनिबारदेखि फोहोर संकलन नियमित हुने दाबी गरे। तर पोखरावासीको मनमा अर्को प्रश्न उब्जिएको छ “यसअघि पनि यस्तै दाबी कति पटक सुनिए ?” यि सब कुरा सबै घाम मा सुकाउने कुरा हुन भनेका छन्।

महानगर ले भोलि यहि बिषयमा बैठक बसालेर सहमति जुटाइ काम अगाडि बडाउने भएको सुत्रको दाबि छ, तर सहमति कति टिकाउ होला? फोहोर संकटको निकास खोज्न महानगरले २८ गते दिउँसो सर्वदलीय, सर्वपक्षीय तथा स्थानीय प्रशासनसहितको बैठक बोलाइएको छ।

महानगरको दाबी छ यस बैठकबाट सहमति जुटाएर फोहोर व्यवस्थापनको गाँठो फुकाइनेछ तर आलोचकहरू भन्छन सहमति कागजमा हुन्छ, अवरोध सडकमा। यदिा जनीतिक दल र स्थानीय समूहहरू आ–आफ्नो पासा घुमाइरहे भने, बैठक फेरि ‘औपचारिकता’ मा सीमित हुने खतरा उत्तिकै छ।

विमानस्थलपछि सुरु भएको संकट पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि साविकको बाच्छेबडुवा ल्यान्डफिल साइट पुरिनु फोहोर व्यवस्थापनको निर्णायक मोड बन्यो।त्यसपछि महानगरले स्थायी ल्यान्डफिल साइटको ठोस विकल्प दिन नसक्दा समस्या अस्थायी समाधानमै अल्झिँदै आएको छ।

हाल पोखरा–३२, लान्झेचोकमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिँदै आएको छ। तर त्यहाँ पनि स्थानीय बासिन्दा र विभिन्न समूहले पटक–पटक अवरोध गरेपछि महानगरको योजना बारम्बार ठप्प भएको छ।यहाँ तर्क टकरिन्छ स्थानीय भन्छन्: “हाम्रो बस्ती किन फोहोर थुपार्ने ठाउँ?”महानगर भन्छ: “विकल्प छैन।”राजनीति भन्छ: “अहिले होइन, पछि। ”सडकमा दुर्गन्ध, सहरको छवि दाउमा लामो समयदेखि फोहोर नउठ्दा पोखराका सडक किनारमा दुर्गन्ध फैलिन थालेको छ।

पर्यटकीय सहरको पहिचान बोकेको पोखरामा फोहोरका थुप्राले स्वास्थ्य, वातावरण र पर्यटन तीनै क्षेत्रमा खतरा बढाइरहेको छ।नगरवासीको आक्रोश सरल छ फोहोर राजनीति होइन, दैनिकी हो। फोहोर नउठ्दा बहस होइन, रोग फैलिन्छ।

अन्तिम प्रश्न मेयरले फोहोर व्यवस्थापनलाई ‘लुडो खेल’ भनेका छन्। तर पोखरा वासी सोधिरहेका छन यो  खेलको नियम कसले बनाएको हो ? पासा किन सधैं जनताले मात्रै सहनुपर्ने? यो  जित कहिले सहरको पक्षमा जाने?

भोलिको सर्वदलीय बैठकले साँच्चै समाधान दिन्छ कि फेरि अर्को चाल कुर्नुपर्ने हुन्छ यसको फैसला अब समयले होइन, निर्णयले गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै