फागुन १, काठमाडौं
नारायणगढ बाट काठमाडौँ आउँदै गरेको कारबाट मेड इन अमेरिका लेखिएको पेस्तोल बरामद भएको छ।
नागढुङ्गा चेकिङमा खटिएको प्रहरी प्रभाग नागढुङ्गाले ३० वर्षका केयुर पुरीलाई गाडी चेकिङ गर्दा पेस्तोलसहित पक्राउ गरेको छ।
नारायणगढ बाट बा १९ च ६९० नम्बरको कारमा आएका उनलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथमा पेस्तोल फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार किर्तिपुर नगरपालिकामा बस्दै आएका पुरीको झोला उनको झोला चेकिङ गर्ने क्रममा मेडइन अमेरिका लेखिएको पेस्तोल र त्यसको चार राउन्ड गोली फेला परेको थियो। यस सम्बन्धमा वास्तविक सत्यतथ्य के हो भन्ने विषयको लागि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२






प्रतिक्रिया