Top Header Ad 1

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा पोखराका १२ वटा संस्था सम्मानित

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा पोखराका १२ वटा संस्था सम्मानित

परिबर्तन न्युज
१९ असार २०८३ बजे
परिबर्तन न्युज
१९ असार २०८३

असार १९, पोखरा

अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २३ जुन २०२६ को अवसरमा पोखरामा आयोजित सप्ताहाब्यापि कार्यक्रमा पोखरामा रहेको १२ वटा संस्थालाई सम्मान गरेको छ ।

शुक्रवार पोखरामा गरिएको कार्यक्रममा आर्दश समाज राष्ट्रिय दैनिक,प्रभु महालक्ष्मी लाईफ इन्सुेरन्स, समाधान राष्ट्रिय दैनिक, ढोरपाटन राष्ट्रिय दैनिक, क्रिष्टल मन्टेश्वरी, अन्नपूर्ण एफएम, सराङकोट एफएम, एभरेष्ट एफएम, माउन्ट अन्नपूर्ण मावि, हिल प्वाइन्ट मावि, नागरिक समाज वडा नम्बर ५ र समय नेपाल टिभि लाई सम्मान गरिएको नेशनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेज बहादुर गुरुङले बताउनुभयो।

सप्ताहब्यापी कार्यक्रम अन्तरर्गत राष्ट्रिय ओलम्पिक एकेडेमिले प्रदेश खेलकुद परिषद् गण्डकी, कास्की जिल्ला खेलकुद विकास समिति र पश्चिम पृतना हेडक्वाटर बिजयपुरमा खेलकुदमा माइन्ड फुलनेस मेडिटेशन तथा ओलम्पिक इतिहासको विषयमा परामर्श गराएको थियो भने सोहि अवसर भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. १ कोे विशेष सहयोगमा ५ किमि सडक दौड प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ, सचिव महेश पौडेल, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख पुस्कर भट्टराई मञ्चका सल्लाहाकार संयोजक दिल बहादुर गुरुङ, सल्लाहकारहरु अशोक पालिखे, नारायण कार्की मञ्चकै प्रथम उपाध्यक्ष खेम गुरूङ, द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिना, मञ्चकै आर्दश समाज दैनिकका प्रधान सम्पादक कृष्ण बास्तोला लगाएतको महत्वपूर्ण उपस्थिति रहेको थियो ।

जुन २३ मा काठमाडौँमा भएको ओलम्पिक दिवसको कार्यक्रममा मोफसलमा क्रियाशिल नेपाल भूतपूर्व खेलाडी मञ्चलाई प्रतिष्ठित एनओसी प्रेजिडेन्सियल एवार्डबाट सम्मान गरिएको थियो भने, मञ्चका आजीवन सदस्य तथा पोखराका फोटो पत्रकार सुदर्शन रञ्जित लाई ‘एनओसी बेस्ट क्यामेरापर्सन अवार्ड २०२६’ बाट सम्मान गरिएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै