असार २०, पोखरा
कास्कीमा अखाद्य तथा म्याद नाघेका खाद्य सामग्री बिक्री गर्ने ८ व्यवसाय कारबाहीमा, चारलाई ५०/५० हजार जरिवानागरेको छ।
जिल्ला प्रशासन कार्यालय कास्की अन्तर्गत स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाले गरेको बजार अनुगमनका क्रममा अखाद्य, म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त खाद्य सामग्री बिक्री तथा भण्डारण गरेको पाइएपछि पोखराका विभिन्न ८ व्यवसायिक प्रतिष्ठान कारबाहीमा परेका छन्।
अनुगमनका क्रममा केही व्यवसायलाई तत्काल जरिवाना गरिएको छ भने केहीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कारबाहीमा परेका व्यवसाय सुनिल भेराइटी तथा खुद्रा कपडा पसल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल चमेनागृह, रामघाट, पोखरा) ५ ० हजार रुपैयाँ जरिवाना। अनुगमन मिति २०८३/०३/१५ गते जरिवाना रकम बैंक दाखिला भइसकेको छ।
त्यस्तैगरी न्यूटी किचन प्रा.लि. (मणिपाल शिक्षण अस्पताल चमेनागृह, फुलबारी, पोखरा) भेज प्याट्रिज ८ पिस चिकेन प्याट्रिज १७ पिस बेकरीजन्य सामग्री १६ पिस बजार मूल्य ३,६८० रुपैयाँ ५० हजार रुपैयाँ जरिवाना रकम बैंक दाखिला भइसकेको छ।
सर्वगुण फुड्स एण्ड किचन (मणिपाल शिक्षण अस्पताल चमेनागृह, फुलबारी, पोखरा) बेकरीजन्य सामग्री ४७ पिस बजार मूल्य २,००० रुपैयाँ ५० हजार रुपैयाँ जरिवाना रकम बैंक दाखिला भइसकेको गरिसकेको छ ।
गुड डे हस्पिटालिटी प्रा.लि. (पोखरा–०६, बैदाम) बेकरीजन्य सामग्री ११३ पिस बजार मूल्य ८,४७५ रुपैयाँ ५० हजार रुपैयाँ जरिवाना रकम बैंक दाखिला नभएको उल्लेख भएपनि गर्ने छ।
अञ्जली खाजा घर एण्ड भोजनालय (पोखरा–१८, सेदी) रंग हालिएको पकौडा ११ पिस अवैध रंग ४ पिस बजार मूल्य ९३० रुपैयाँ अनुगमन मिति २०८३/०३/१६ गते गरेको थियो।
असिम फेवा फ्रेश हाउस तथा किराना पसल (पोखरा–१८, सेदी) बेकरी स्टिकिङ्स ४.५ केजी भुटेको चना, केराउ, बदाम तथा दाल मोट ६१ पिस बजार मूल्य ४,७३० रुपैयाँ बराबरको समान मा अखाद्य तत्व मिसिएको थियो।
दाहाल किराना पसल (पोखरा–१८, सेदी) यम्मी चिकेन मसला १२ पिस भुटेको चना, केराउ, बदाम तथा दालमोट २० पिस बजार मूल्य ९७० रुपैयाँ बराबरको सामानमा अखाद्य तत्व देखिएको थियो।
जेनिसा केमिकल्स बेकरी स्टिकिङ्स १३० केजी बजार मूल्य ६२,४०० रुपैयाँ ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य सामग्रीको बिक्री–वितरण रोक्न नियमित बजार अनुगमनलाई तीव्र बनाइएको जनाएको छ। प्रशासनले व्यवसायीहरूलाई खाद्य स्वच्छता, गुणस्तर र कानुनी मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ।






प्रतिक्रिया