Top Header Ad 1

विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न, युगम रिजाल प्रथम

विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न, युगम रिजाल प्रथम

परिबर्तन न्युज
२८ असार २०८३ बजे
परिबर्तन न्युज
२८ असार २०८३

असार २८,पोखरा

भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा १६ को आयोजनामा विद्यार्थीहरूमा कविता, नेतृत्व क्षमता तथा सिर्जनात्मक अभिव्यक्ति को विकास गर्ने उद्देश्यले आयोजित विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष बरुवालले गर्नु भएको थियो भने प्रमुख अतिथि प्रभा कोइराला रहनुभएको थियो। कार्यक्रम संयोजक सृजना थापाले कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नुभएको थियो। संस्थापक अध्यक्ष नरहरि भट्टराई, सल्लाहकार हरू प्र.अ कृष्णप्रसाद आचार्य र चित्र थापा, विशेष अतिथिहरू उषा बरुवाल, दुर्गा केसी थापा तथा नरनाथ भट्टराईको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष संजय बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सचिव भीमबहादुर गायकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। प्रतियोगिताको निर्णायक संयोजक रामबहादुर बानियाँ रहनुभएको थियो भने सदस्यहरूमा कुञ्जराज थापा र इन्दु भट्टराई रहनुभएको थियो।

प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कविता प्रतियोगितामा चिसापानी वेद विद्याश्रीका युगम रिजाल प्रथम, विन्ध्येश्वरी माध्यमिक विद्यालयकी स्वस्तिका खेडा द्वितीय तथा गण्डकी बोर्डिङ स्कुलकी आकांक्षा सुवेदी तृतीय हुन सफल भएका छन्।

त्यसैगरी, विन्ध्यवासिनी माध्यमिक विद्यालयकी सुस्मिता आचार्य र केएफ माध्यमिक विद्यालयका आदर्श पौडेल ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रम संयोजक सृजना थापाले यस्ता प्रतियोगिताले विद्यार्थीहरू को व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सहभागी, अभिभावक, शिक्षक तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज