साउन ११, सुनसरी
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्रामा जादै गरेका दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
प्रहरीका अनुसार डिजे बजाउँदै सप्तकोशीतर्फ जाने तयारी गरिरहेको एक समूह र रातिको समयमा होहल्ला भएको भन्दै विरोध गर्ने अर्को समूहबीच विवाद चर्किएपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहता घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा चार जना सर्वसाधारणसहित ८ जना प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। झडपका क्रममा बजार क्षेत्रका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






प्रतिक्रिया