साउन १०, पोखरा
नेपालको सार्वजनिक यातायात क्षेत्रमा विगत सात दशकभन्दा लामो समयदेखि योगदान दिँदै आएका उद्योगी तथा यातायात व्यवसायी केशव अधिकारीको नेतृत्वमा सञ्चालित पोखरा जगदम्बा ट्राभल्सले फेरि पनि अत्याधुनिक सुविधासम्पन्न दुईवटा नयाँ लग्जरी बस सञ्चालनमा ल्याएको छ।
२०१३ सालदेखि नेपालमा आधुनिक सवारी साधन भित्र्याएर यात्रु सेवासँगै यातायात क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको जगदम्बा ट्राभल्सले यसपटक ‘ZDexi Thirest Luxury Sofa Bus’ सार्वजनिक गरेको हो। सुरक्षित यात्रा हाम्रो गन्तव्य भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याइएका यी बसहरूमा यात्रुको सुविधा र आरामलाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
नयाँ बसमा सोफा सिटर, एसी तथा हिटर, आरामदायी सिट, मोबाइल चार्जिङ पोर्ट, निःशुल्क वाइफाइ, शौचालय, चिया–कफी, कुकीज तथा पिउने पानीको व्यवस्था गरिएको छ। लामो दूरीको यात्रालाई सहज, सुरक्षित र सुखद बनाउने उद्देश्यले बसभित्र नै आधुनिक सुविधा समावेश गरिएको कम्पनीको दाबी छ।
सुविधाका हिसाबले अत्यन्त आकर्षक भए पनि भाडादर भने यात्रु मैत्री राखिएको जगदम्बा ट्राभल्सले जनाएको छ। डालीमा रिसोर्टमा भोजनसहित चिया, कफी र ब्रेकफास्टको सुविधा प्राप्त गर्ने यात्रुका लागि भाडा रु. २१०० निर्धारण गरिएको छ भने भोजन नलिने यात्रु का लागि रु. १७०० मात्र लाग्ने जानकारी कम्पनीले दिएको छ।
यी नयाँ बसहरू आगामी श्रावण १८ गतेदेखि नियमित सञ्चालनमा आउनेछन्। बस पोखराबाट बिहान ७ बजे काठमाडौंका लागि छुट्ने छ भने काठमाडौं बालाजुबाट पनि बिहान ७ बजे पोखराका लागि प्रस्थान गर्ने तालिका रहेको छ।
करिब डेढ दशकभन्दा बढी समयदेखि नेपालका विभिन्न सहरमा गुणस्तरीय यातायात सेवा प्रदान गर्दै आएका सञ्चालक केशव अधिकारीले सेवा विस्तारलाई निरन्तरता दिँदै आगामी भदौ १५ गतेदेखि पोखरा–विराटनगर रुटमा समेत नयाँ बस सञ्चालनमा ल्याउने योजना सार्वजनिक गर्नुभएको छ।
यति मात्र होइन, नेपालकै सार्वजनिक यातायात क्षेत्रमा नयाँ अवधारणा भित्र्याउने तयारीस्वरूप कम्पनीले ‘क्याराभान बस’ समेत नेपाल ल्याउने तयारी गरेको जनाएको छ। बसभित्रै बस्ने, सुत्ने, खाना पकाउने तथा किचन सुविधा हुने उक्त बस युरोपेली मुलुकहरूमा लोकप्रिय रहेको बताउँदै अधिकारीले दशैं–तिहारको बीचमा नेपालमा भित्र्याउने लक्ष्य रहेको जानकारी दिनुभयो। नेपालमा पर्यटन तथा विशेष यात्राका लागि यस्तो सेवा नयाँ आकर्षण बन्न सक्ने विश्वास उहाँको छ।
यातायात व्यवसायी अधिकारीले देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भए पनि राज्यबाट लगानी कर्ताको र लगानीको पर्याप्त संरक्षण नसकेको गुनासो गर्नुभयो। पटकपटक सरकार परिवर्तन र नीतिगत अस्थिरताले उद्योगी–व्यवसायीहरूलाई बेला–बेला कठिनाइ सिर्जना गर्ने गरेको उल्लेख गर्दै उहाँले राज्यले लगानीमैत्री वातावरण र लगानीको सुरक्षा सुनिश्चित गरिदिए निजी क्षेत्रले देशको आर्थिक समृद्धिमा अझ ठूलो योगदान दिन सक्ने बताउनुभयो।
यसअघि नयाँ बस सञ्चालनमा ल्याउँदा भव्य कार्यक्रम आयोजना गर्ने प्रचलन रहे पनि यसपटक भने जगदम्बा ट्राभल्सले फरक शैली अपनाएको छ। संस्थाका संस्थापक परिवारकी अभिभावक हरिमाया अधिकारीले स्वयं बसमा यात्रा गरेर नयाँ बसको उद्घाटन गर्नुभएको थियो। आमा स्वयं उद्घाटनमा सहभागी भएको उक्त क्षण उपस्थित सबैका लागि भावुक, रमाइलो र स्मरणीय बनेको कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।
गुणस्तरीय सेवा, यात्रु सुरक्षाप्रतिको प्रतिबद्धता र आधुनिक सुविधा को संयोजनसहित जगदम्बा ट्राभल्सले सञ्चालनमा ल्याएको यो नयाँ सेवा पोखरा–काठमाडौं यात्राका लागि नयाँ मापदण्ड बन्ने अपेक्षा गरिएको छ।






प्रतिक्रिया