Top Header Ad 1

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, काठमाडौं–पोखरामा पेट्रोल र डिजेल २०० रुपैयाँ पुग्यो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, काठमाडौं–पोखरामा पेट्रोल र डिजेल २०० रुपैयाँ पुग्यो

मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ। त्यसैगरी सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ निर्धारण गरिएको छ।

परिबर्तन न्युज
१८ श्रावण २०८३ बजे
परिबर्तन न्युज
१८ श्रावण २०८३

साउन १८, काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाइएको हो।

मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ। त्यसैगरी सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा खुद्रा बिक्री मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ।

मूल्यवृद्धिसँगै सार्वजनिक यातायात, ढुवानी तथा उद्योग–व्यवसायको लागत बढ्ने भएको छ। इन्धनको मूल्य बढ्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत प्रभावित हुन सक्ने सरोकारवालाहरूको भनाइ छ।

नयाँ मूल्यसूचीअनुसार सम्बन्धित डिपोबाट १५ किलोमिटर क्षेत्रभित्र उक्त मूल्य लागू हुनेछ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज