Top Header Ad 1

मानवसेवा आश्रमद्वारा ज्ञान महायज्ञ–२०८३ को आयव्यय विवरण सार्वजनिक

मानवसेवा आश्रमद्वारा ज्ञान महायज्ञ–२०८३ को आयव्यय विवरण सार्वजनिक

परिबर्तन न्युज
१८ श्रावण २०८३ बजे
परिबर्तन न्युज
१८ श्रावण २०८३

साउन १८, पोखरा

मानवसेवा आश्रमद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ- २०८३ को आयव्यय विवरण सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ।

मानव  सेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेमजामा सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३ को आय–व्यय विवरण सार्वजनिक गर्दै महायज्ञबाट उल्लेखनीय आर्थिक बचत भएको जनाएको छ। आश्रमका अनुसार महायज्ञबाट प्राप्त कुल आम्दानीमध्ये सबै खर्च कटाएर ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपैयाँ बचत भएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणअनुसार महायज्ञबाट ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ ५३ पैसा संकलन भएको थियो भने कार्यक्रम सञ्चालन का लागि ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ ५२ पैसा खर्च भएको महायज्ञ मूल आयोजक समिति संयोजक अनितकुमार शाहीले जानकारी दिनुभयो।

सार्वजनिक गरिएको आर्थिक विवरणअनुसार नगद, चेक, क्यूआर कोड तथा अनलाइन माध्यमबाट २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपैयाँ संकलन भएको छ। त्यसैगरी व्यक्ति तथा संस्थागत प्रतिबद्धता र स्थानीय तहबाट १ करोड ४४ लाख ४ हजार ८ सय ५४ रुपैयाँ सहयोग प्राप्त भएको छ।

यस्तै, दानपेटिकाबाट ४ लाख २२ हजार ५ सय ७३ रुपैयाँ, बैंक ब्याजबाट २६ हजार ६ सय ७ रुपैयाँ, गोप्यदानबाट ११ हजार ६ सय १० रुपैयाँ तथा विभिन्न बिक्रेताले उपलब्ध गराएको छुटमार्फत ९ हजार ५ सय ६९ रुपैयाँ आम्दानी भएको आश्रमले जनाएको छ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार महायज्ञ आयोजना गर्नुको प्रमुख उद्देश्य हेमजा शाखाको निर्माणा धीन भवन सम्पन्न गर्नु, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण गर्नुका साथै आश्रमको अक्षयकोषलाई सुदृढ बनाउनु थियो। उनले महायज्ञ सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा साथ दिने दातादाता, स्वयंसेवक, विभिन्न संघसंस्था र स्थानीय समुदायप्रति आभार व्यक्त गर्नुभएको थियो।

अध्यक्ष अधिकारीले आश्रमले हाल पनि ठूलो आर्थिक दायित्वका बीच सेवा सञ्चालन गरिरहेको बताए। उनका अनुसार हेमजा र छोरेपाटन शाखामा अहिले ८६ महिला, १६२ पुरुष, ५ बालक र ४ बालिका गरी २५४ जना सहयोगापेक्षी मानव आश्रित छन्। उनीहरू को भोजन, आवास, स्वास्थ्य उपचार, लत्ताकपडा तथा अन्य आधारभूत आवश्यकताको व्यवस्थापनका लागि मासिक करिब १९ लाख रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिनुभएको थियो।

महायज्ञबाट बचत भएको रकम आश्रमको भौतिक पूर्वाधार निर्माण लाई पूर्णता दिनुका साथै अक्षयकोष विस्तारमार्फत दीर्घकालीन सेवा सञ्चालनमा परिचालन गरिने आश्रमले जनाएको छ। यसबाट सहयोगापेक्षी सडकआश्रित तथा असहाय नागरिकको संरक्षण र पुनःस्थापनाका कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।

वि.सं. २०६९ साल भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा यात्रा सुरु गरेको मानवसेवा आश्रमले हाल देशका सातै प्रदेशका २३ जिल्लामा ३४ शाखामार्फत सहयोगापेक्षी सडकआश्रित तथा असहाय मानवको उद्धार, संरक्षण र पुनःस्थापनाको सेवा विस्तार गर्दै आएको छ।

मानवसेवा आश्रम मानवता, सेवा र करुणाको भावनामा आधारित एक सामाजिक संस्था हो। यसको मुख्य उद्देश्य “सडक मानवमुक्त नेपाल निर्माण” गर्नु हो। आश्रमले सडकमा असहाय, बेवारिसे तथा बेसहारा अवस्थामा रहेका व्यक्तिहरूको उद्धार गरी उनीहरूलाई सुरक्षित आश्रय, भोजन, स्वास्थ्य उपचार, माया र सम्मानपूर्ण जीवन प्रदान गर्दै पुनःस्थापनाका लागि निरन्तर कार्य गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज