लुम्बिनी प्रदेशको समानुपातिक सांसद गीता गुरुङको राजीनामा



वैशाख ३०, लुम्बिनी
लुम्बिनी प्रदेशको जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
सांसद गिता गुरुङले सभामुखलाई सम्बोधन गर्दै आफनो राजीनामा पत्रमा ‘जनताको करबाट मैले पारिश्रमिक लिनु सान्दर्भिक नभएको लेख्नु भएको छ।
सांसद गितााले राजीनामा पत्रमा जनताका आशा र भरोसाका किरणहरु पुरै गुमनाम भइरहेकोले मैले बुझ्दा बुझ्दै टुलुटुलु हेरेर बस्नुभन्दा राजिनामा दिएर बस्न सहज भएको बताउनुभएको छ। मैले जनताको पिरमर्का नजिकबाट राम्ररी बुझेकोले ससदमा भत्ता मात्र खाएर बसेर मात्र सम्बोधन गर्न नसक्ने भएपछि आजकै मिति देखि लागू हुनेगरी राजीनामा दिएको बताउनुभएको छ।


