नेपाली कांग्रेसले लोकप्रिय नेता विक्रम खनाल लाइ कारबाही गरेपछि- पार्टीमा भुइँचालो

असार २६, नवलपरासी
पश्चिम नवलपरासीवाट संबिधान सभाका पूर्व निर्वाचित सदस्य तथा नेपाली कांग्रेसका प्रभावशालि नेता तथा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टिले निस्काशन गरेको छ ।
विक्रम खनाललाई पार्टी केन्द्रीय सदस्यद्धय बिनोद चौधरी र देबेन्द्र कंडेलको डिजाइनमा बिना कारण निस्कासन गरिएको भन्दै पश्चिम नवलपरासी कांग्रेसमा ब्यापक असन्तुष्टि बढेको छ ।असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको जनाइएको छ ।
विक्रम खनालले गत संसदिय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाइ असहयोग गरेको आरोपमा उजुरी मागेर निर्वाचन सकिएको ३ वर्षपछि कारबाहि गरेको समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले खनाललाई १ वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरिएको ढुंगानाले जानकारी दिनुभएको थियो ।
पश्चिम नवलपरासीमा प्रभावशालि मानिने खनाल शेखर कोइराला पक्षधर भनेर चिनिने गरेका छन । केन्द्रीय सदस्यद्धय बिनोद चौधरी र देबेन्द्र कंडेल एकातिर रहेका छन भने स्थानिय तहमा बहुमत नेता, कार्यकर्ता सहित बिक्रम खनाल पक्ष अर्को तिर बांडिएका छन । खनाल मतदाता माझ लोकप्रिय मानिन्छन ।
संसदिय निर्वाचनमा कांग्रेसवाट बिनोद चौधरी उम्मेदवार बनेपछि जिल्लाका प्रभावशालि मानिने बिक्रम खनाल पक्ष असन्तुष्ट थियो । त्यसैको आडमा पार्टी सभापति निकट मानिने चौधरी र कंडेलले कारबाहि गराएको भनेर जिल्लामा चर्चा रहेको छ । सम्बद्ध सूत्रका अनुसार खनालले जोगाइदिएको कांग्रेस बिरासतवाट निर्वाचित भएको ३ वर्षपछि चौधरीले खनाललाई नै बिना कारण कारबाहि गराएको भनेर आलोचना शुरु भएको छ । गत संसदिय निर्वाचनमा टिकट पाएको ११ औ दिनमा आएर प्रचारमा होमिएका बिनोद चौधरीले मजबुत कांग्रेस संगठनकै कारण चुनाव जितेका थिए ।
खनाललाई कारबाहि गरिएको पत्र बाहिरिएपछि पश्चिम नवलपरासी कांग्रेसमा भूइचालो गएको छ । चौधरी र कंडेल बाहेकका जिल्लाका सबैजसो नेता र कार्यकर्ता खनालको पक्षमा उभिएका छन ।
स्थानिय कांग्रेस कार्यकर्ताहरु खनालको लोकप्रीयता सहन नसकेर चौधरीले कारबाहि गराएको भनेर आक्रोसित भएका छन । यो सब बिनोद चौधरीको तिक्डम हो उस्को पालो सकिएको छनक हो काग्रेस जिल्ला सचिव कूलदिप आचार्यले भने पैसाले सधै न्याय किनिदैन पश्चिम नवलपरासी जिल्ला र समग्र लुम्विनी प्रदेशमा राजनैतिक फिल्ड हाम्रै पक्षमा छ ।
केन्द्रीय नेतृत्वले जिल्लाको राजनैतिक यर्थातता नबुझी लिएको निर्णयवाट आफुहरु दुखी भएको कांग्रेस जिल्ला सचिव आचार्यले गुनासो गरेकाे पत्रकार नारायण शर्माले जानकारी दिएका छन् ।खनाल पहिलो संबिधान सभा निर्वाचनमा कांग्रेसवाट निर्वाचित भएका थिए । बिक्रम खनाल जिल्लामा लोकप्रिय मानिन्छन् ।