पत्रकार एकराज गिरी पोखरा यातायात व्यावसायिक पत्रकारिता पुरस्कारबाटबाट सम्मानित

भदौ १९,पाेखरा
पत्रकार एकराज गिरी पोखरा यातायात व्यावसायिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छन् ।
विगत दुई दसकदेखि क्रियाशील पत्रकार गिरीलाई पाेखरा यातायात प्रालिले आफ्नाे ७ औं वार्षिक साधारणसभाकाे अबसरमा उहालाई साे पुरस्कारबाट सम्मान गरेकाे हाे ।
उहालाई नगद २५ हजार रूपैयाँ, सम्मान पत्र र दाेसल्लासहित उनलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महसंघ गण्डकी संयाेजक केदार पाैडेल, पाेखरा यातायात प्रालिका अध्यक्ष देउबहादुर गुरूङ र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले सम्मान गर्नुभएको थियो।
सम्मान पछि बाेल्दै पत्रकार गिरीले आफू सम्मानित भइसकेपछि थप क्रियशील र जिम्मेवारी रहन प्रेरणा मिलेकाे बताउनुभयो । गाेरखापत्र दैनिक, पाेखरा एफएम र रेडियो सारंगीसहित विभिन्न सञ्चार माध्यममा काम गरिसक्नुभएका गिरी हाल सफल न्युज डटकमका प्रधान सम्पादक को रुपमा कार्यरत हुनुहुन्छ।