यो सरकार हामीले बनाएको हो चुनाव हुन्छ ढुक्क हुनुस-प्रचण्ड

यो सरकार हामीले बनाएको हो चुनाव हुन्छ ढुक्क हुनुस-प्रचण्ड

परिबर्तन न्युज
१४ मंसिर २०८२ बजे
परिबर्तन न्युज
१४ मंसिर २०८२

मंसिर १४, पोखरा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज पोखरामा भएको एकताको सन्देश सभामा यो सरकार हामीले बनाएको हो त्यसैले चुनाव हुन्छ ढुक्क हुनुस् भन्नुभयो ।

Advertisement:Ad
Advertisement:Ad

नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उहाले चुनाव हुन्छ कि हुँदैन भनेर सोच्न नपर्ने बताउँनु भएको छ। सरकार पनि चुनाव गराउने तयारीमै रहेको र छिमेकी देशहरु पनि नेपालमा चुनाव होस् भन्ने पक्षमा रहेको हुनाले पनि चुनाव हुन्छ भन्नुभयो।

प्रधानमन्त्री सुशीला कार्कीको सरकारले फलानो पार्टीको फलानो नेतालाई भेट्छु, फलानो नेतालाइ भेट्दिन भन्ने होईन बरु उहाले ‘जसको सबभन्दा धेरै जनाधार छ ऊनीहरुसँग भेट्दिनँ अनि जसको केहि पनि जनाधार छैन तिनीसँग मात्र भेट्छु भन्यो भने सरकार चुनावप्रति गम्भीर भएको देखिनेछैन कि भन्ने आफ्नो बुझाइ रहेको हुनाले आफू र मावधकुमार नेपालकै सिफारिसमा सुशीला कार्की लाइ व्यङ्ग गर्दै प्रधानमन्त्रीमा सिफारिस भएको याद पक्कै पनि राख्नुभएको होला नि भन्नुभयो।

Advertisement:Ad
Advertisement:Ad

संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीको मिसन पुरा भयो, पुग्यो भन्ने होईन हामी सबै कम्युनिष्टहरुलाई एकताबद्द बनाउने मिसनमा छौं । ढिलोचाँडो सबै हामि संग आउनुहुन्छ भन्ने मलाई लागेको छ । आफूहरुको आँखा अब एमालेभित्र रहेको बताउनुभयो भने  ओलीको दम्भले देश बर्बाद हुँदै गएको आरोप लगाउँदै एमाले भित्र का इमान्दार र क्रान्तिकारी नेताहरूसँग पनि एक किसिमको आन्तरिक छलफल भइरहेको बताउनुभयो ।

देशभक्त एमालेका नेता, कार्यकर्ताहरुले केपी ओलीको नक्कली, अहंकारी, दम्भी चेहरा चिन्नुहुनेछ र ढिलोचाँडो उहाहरु हामीसँग आउनुहुनेछ भन्ने विश्वास लिएका छौँ भने अर्कोतर्फ केही साथीहरू ओलीको बोली पत्याएर केहि समय झुक्किन सक्ने भएकाले एमाले सँगको एकता तत्काल हुने स्थिति नरहेको बताउनुभयो।

संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीको मिसन कम्युनिष्टहरुसँग मात्रै एकता गर्ने नरहेको बताउनु भएको छ हिजो माओवादी सहित का दलहरुका कारण देशमा गणतन्त्र,संविधान, संघीयता र धर्मनिर पेक्षता लगायत का उपलब्धी हाँसिल भएको बताउँदै देशभक्त लोकतान्त्रिक शक्तिहरूसँग पनि आफूहरू एकाकार भएर जान सक्ने बताउनुभयो।

नेपाली कम्युनिष्ट पार्टीले चलाईरहेको प्रदेश एकता सन्देश सभा आलोचना र आत्मआलोचना सँगै संकल्प सभा पनि भएको बताउनु भयो। हिजो हामीबाट पनि केही गल्ती भए होलान् ती गल्तीहरूलाई हामी तपाईंहरुसामु आत्मआलोचना गर्न आएका हौं, माफी माग्न आएको हौ त्यसैले यो आत्मआलोचना सभा पनि हो भन्नुभयो। हामि विगत का गल्ती सच्याउँछौं भनेर संकल्प गर्न गरिएको संकल्प सभा पनि हो यो भन्नुभयो।

प्रचण्डले दुईतिहाईको दम्भले देश बर्बाद भएको टिप्पणी गर्दे दुई तिहाइको बहुमतले के लछार्यो  भन्दै हामीले बङ्गलादेशको ‘बंगला देशमा पनि शेख हसिनाको दुई तिहाई थियो तर देश छाडेर भाग्नु परेको दृश्य पनि देखेका छौँ भन्दै नेपालमा पनि दुई त्यहीँको बहुमत भएको कांग्रेस एमाले सरकार पनि हेलिकोप्टर चढेर भाग्नु पर्ने दिन आउन सक्छ भन्दाभन्दै आइहाल्यो भन्दै व्यङ्ग गर्नुभएको थियो । त्यसैले दुई तिहाई भएर मात्रै हुँदैन रहेछ त्यो त अब चेत आउन पर्यो भन्नुभयो।

तसर्थ देशलाई यसरी जर्जर अवस्थाबाट माथि उठाउनको लागि संकटमा फसेको देशलाई संकटबाट माथि उठाउनको लागि नेपाली कम्युनिष्ट पार्टीलाई जिताउनुपर्ने बताउनुभयो। जनताले जति चाँडो बुझे त्यति छिटो देश संकटबाट बाहिर निस्कने नत्र फेरी पनि चेत नखुले फेरी अर्को दुर्घटना निम्तिन सक्ने बताउँदै नेपालमा अहिले सामाजिक संजालको माध्यमबाट पपुलिजम बनेकाहरुको भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । पुलिजमबाट देश बनाउँछु भनेर आउने हरुले देश र जनतालाई गन्तव्यमा पुर्‍याउन नसक्ने बताउनुभयो।

पार्टीका सह—संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेता भीम रावल नेता नारायणकाजी श्रेष्ठ ,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पार्टीका नेता सोमबहादुर नेपाली लगायतले देशमा भएको जेनजी आन्दोलन र तिनको असर र आगामी दिनमा तिनीहरूको मागलाई सम्बोधन गर्ने एकमात्र नेपाली कम्युनिष्ट पार्टी र आफ्नो पार्टीको यसमा रहेको भूमिकाको बारेमा व्याख्या गर्दै जेन्जीहरूको साथ आफ्नो पार्टीको लागि भइरहेको बताउनुभएको थियो।

पोखरा चिप्लेढुंगास्थित मानवअधिकार चोकमा पार्टीको कार्यक्रम गरिरहँदा व्यवसायीले आफ्नो व्यवसायमा असर परेको गुनासो गर्दै “गरी खान देउ” भन्ने प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका स्वतन्त्र व्यापारी हरुले अब आईन्दा यस किसिमका कार्यक्रमहरू राख्दा  ख्याल गर्न आग्रह गर्दै केही समय नारा जुलुस पनि गरेका थिए। भने उनीहरूले हामीलाई गरिखान देउ भन्दै मानव अधिकार चोकमा कार्यक्रम नगर्न आग्रह गर्दागर्दै पनि कार्यक्रम भएपछि सटर हरू बन्द गरेर हिँडेका थिए।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा नेकपा माओवादी केन्द्रकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले स्वागत गर्नुभएको थियो भने तत्कालीन नेकपा एकीकृत समाजवादीका सचिव एवम् गण्डकी प्रदेश ईञ्चार्ज श्रीनाथ बरालले कार्यक्रमलाई भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज