Top Header Ad 1

पोखरा बाग्लुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने ६ जना पक्राउ, लागूऔषध कारोबारसँग सम्बन्ध देखिएको प्रहरीको दाबी

पोखरा बाग्लुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने ६ जना पक्राउ, लागूऔषध कारोबारसँग सम्बन्ध देखिएको प्रहरीको दाबी

परिबर्तन न्युज
२७ बैशाख २०८३ बजे
परिबर्तन न्युज
२७ बैशाख २०८३

वैशाख २७,पोखरा

पोखरा महानगरपालिका–२ स्थित बाग्लुङ बसपार्क क्षेत्रमा भएको ‘ग्याङ फाइट’ घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको कुटाकुटको भिडियोको अनुसन्धानपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो।

प्रहरीका अनुसार वैशाख २२ गते राति करिब ११ः३० बजे बाग्लुङ बसपार्क क्षेत्रमा दुई समूहबीच झडप भएको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी टोलीले खोजतलास थालेको थियो।

अनुसन्धानका क्रममा घटनामा संलग्न ६ जनालाई वैशाख २६ गते मालेपाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१३ माले पाटन बस्ने २७ वर्षीय सुजन आले मगर, मादी गाउँपालिका–११ स्थायी घर भई हाल पोखरा–१३ बस्ने २३ वर्षीय राजेश परियार,गोरखा धार्चे गाउँपालिका –६ स्थायी घर भई हाल पोखरा–१३ बस्ने ३० वर्षीय दिपेश भनिने दिलेराम गुरुङ, नुवाकोट स्थायी घर भई हाल पोखरा–२ बाग्लुङ बसपार्क बस्ने १९ वर्षीय सुजन तामाङ तथा २५ वर्षीय राजकुमार तामाङ रहेका छन्।प्रहरीले अर्का एक जनालाई समेत पक्राउ गरिएको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरू लागूऔषध कारोबारमा समेत संलग्न रहेको खुलेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज