Top Header Ad 1

बस सहचालकको गढुवा खोला पुलमुनि सब फेला

बस सहचालकको गढुवा खोला पुलमुनि सब फेला

लेखनाथ नगर बस सेवामा कार्यरत २५ वर्षीय रेसमको शव भेटियो, मृत्युको कारण खुल्न बाँकी

परिबर्तन न्युज
१९ असार २०८३ बजे
परिबर्तन न्युज
१९ असार २०८३

असार १९, पोखरा

पोखरा महानगरपालिका वडा न. २६ र २७ को सिमानामा पर्ने गढुवा खोलाको पुलमुनि एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृतक लेखनाथ नगर बस सेवामा कार्यरत सहचालक रेसम रहेको खुलेको छ। अन्दाजी २५ वर्षीय रेसम उदयपुरका स्थायी बासिन्दा हुन्। उनी हाल पोखरा–२६ को रविमहल क्षेत्रमा बसोबास गर्दै आएका थिए। स्थानीयवासीमाझ उनी ‘गाईघाटे’ नामले परिचित रहेको बताइएको छ।

डाँडाको नाक प्रहरी बिट नजिकै रहेको गढुवा खोलाको पुलमुनि उनको शव फेला परेको हो। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको छ। प्रारम्भिक रूपमा घटना बिहीबार साँझतिर भएको हुनसक्ने अनुमान गरिएको भए पनि मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै